काठमाडौं महानगर-६ मा ७ हजार १ सय जनाले राहत प्राप्त गरिसकेका छन :दिपेन्द्र लामा (अध्यक्ष )
कपन अनलाइन
काठमाडौं ,बैशाख १७।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा सक्रिय रहेको काठमाडौं महानगरपालिका वडा नं ६ ले हाल सम्म ७ हजार १ सय विपन्न परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिएका छन।
त्यस्तै वडाका ७ स्थानमा विभिन्न संघ संस्थाको सहयोगमा संचालन भैरहेका निशुल्क भोजन उपलव्ध गराउने अभियानमा हाल सम्म १७ हजार ४ सय ५१ जनाले सुविधा पाएको बताउदै अध्यक्ष लामाले यसको लागि सबै स्थानमा २ सय भन्दा बढी स्वयंसेवक परिचालन भएको जानकारी दिएका छन।
निशुल्क भोजन हुने स्थान र अन्य विवरण :
त्यस्तै वडा कार्यालयमा आएका राहत प्राप्त गर्ने वडावासिहरुलाई नियमित वितरणको व्यवस्था भएको बताउदै अध्यक्ष लामाले उक्त वडा भित्र हुने सम्पूर्ण जात्रा तथा पर्वहरु स्थगित गरिएको जानकारी दिएका छन । स्थानीय संघ संस्था ,सुरक्षा निकाय लगायत संगको छलफल पश्चात ति जात्रा तथा पर्व नगर्ने निर्णय गरिएको लामाले बताए।
हालसम्म विदेस बाट आएका ३३ जनाको स्वास्थ्य परिक्षण गर्दा सबै नतिजा नकारात्मक आएको वडा नं ६ ले प्रकोप नियन्त्रण तथा रोकथामका लागि विभिन्न अभियान तथा सचेतना मुलक कार्यहरु गरेको बताउदै अध्यक्ष लामाले आपतकालीन सेवाका लागि पनि वडाले व्यवस्था गरेको जानकारी दिएका छन।
त्यस्तै महामारी विरुद्धको अभियानमा सक्रिय जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,संचारकर्मी तथा स्वयंसेवकहरु पार्टी आभार प्रकट गर्दै अध्यक्ष लामाले घर भित्र सजगता पुर्वक बसेर लकडाउनको पूर्ण पालना गर्न वडा वासीलाई आग्रह गरेका छन।