नगरपालिकाको विपद कोषमा पतंजली योगपिठ बुढानिलकण्ठ -८ को सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख १६।
बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा पतंजली योगपिठ बुढानिलकण्ठ -८ ले सहयोग गरेको छ।पतंजली योगपिठ नेपालका सालिकराम सिंह ले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई १ लाख २५ हजार रुपैया हस्तान्तरण गरेका थिए।
नगरपालिकाका जनसम्पर्क सल्लाहकार सुन्दर पुर्कुटी र नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीको उपस्थितिमा सहयोग ग्रहण गर्दै नगरप्रमुख खरेलले उक्त योग पीठले पुर्याएको सहयोगका लागि धन्यवाद दिएका थिए।
त्यस्तै सहयोग हस्तान्तरण गर्दै पतंजलीका नेपाल प्रमुख सिहंले विषम परिस्थितमा नगरपालिकाले खेलको भूमिका प्रसंसनिय रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताएका थिए।
तपाइँको प्रतिक्रिया ।