जिपि कोइराला फाउण्डेसन बुढानिलकण्ठ विशेष बहस कार्यक्रम सम्पन्न

जिपि कोइराला फाउण्डेसन बुढानिलकण्ठ विशेष बहस कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,बैशाख १६।

जिपि कोइराला फाउण्डेशन बुढानिलकण्ठ नगर समितिले कोरोनाको कहर शिर्षकमा स्थानीय सरकारको तयारी र महामरी पछिको अर्थव्यवस्था विषयक विशेष बहस कार्यक्रम सम्पन्न गरेको छ ।

पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेस नेता रामशरण महतको प्रमुख आतिथ्यता संघिय सांसद तथा पूर्व स्वास्थ मन्त्री गगन कुमार थापाको विशेष आतिथ्यता तथा प्रदेश सांसद कुशुम कुमार कार्की र वरिष्ठ अर्थविद विश्व पौडेलको उपस्थितीमा महत्वपूर्ण बहस सम्पन्न गरेको गरेको हो।

बहसमा सहभागी डा. महतले विश्व आर्थिक व्यवस्था र यसको प्रभावबाट नेपाल अछुतो नरहने भन्दै सरकारले खर्च कटौती गरेर उत्पादन मुलक विषय तर्फ बजेट केन्द्रीत रहन सुझाव दिएका छन ।

सांसद गगन कुमार थापाले सरकारको तयारी रोग, र भोक संग भन्दा पनि सत्ता र शक्तिको जोडबलमा केन्द्रीत भएकाले नेपाल संक्रमणको जोखिममा पर्ने बताउदै स्थानीय तहलाई अत्यन्न तल्लो तहमा पुगेर कार्य गर्नका लागि अनुरोध गरेका छन ।

प्रदेशसभा सांसद कुशुम कुमार कार्कीले विगतमा गरेको जस्तो , खेत बाँझो राख्ने र उत्पादन भएका कृषि समाग्रीलाई बजार सम्म लैजाने सामान्य कार्यहरुलाई पनि व्यवस्थित गर्न सके आर्थिक समृद्धिमा यसले भुमिका खेल्ने बताए ।

वरिष्ठ अर्थविद विश्व पौडेलले सरकार शिष्टम भन्दा लहडमा चल्ने जस्तो देखिएकाले कुशल व्यवस्थापन हुन नसकेको देखिएको छ । आर्थिक व्यवस्थाको केहि मार्गहरुलाई तत्काल परिवर्तन नगरीए हाम्रा अगाडी धेरै समस्या रहेकाले समयमा नै सरकारले फराकिलो रुपले कार्य गर्नु पर्ने बताएका थिय ।

कार्यक्रम फाण्डेशनका संयोजक नवराज भट्टराईले गरेका थिए भने मोडेटरको भुमिकामा काँग्रेस युवा नेता बद्रि भट्टराई रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।