चन्द्रागिरी – १३ का जनप्रतिनिधि तथा स्वयंसेवीकाहरुलाई कोभिड १९ सम्बन्धि प्रशिक्षण प्रदान
कपन अनलाइन
काठमाडौं ,बैशाख १५।
चन्द्रागिरी नगरपालीका वडा न. १३ ले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकरी बनाउनका लागि समिति गठन गरेर विभिन्न अभियान संचालन गरेको छ।
वडा सदस्य ईश्वरी दंगाल पनेरुको संयोजकत्वमा वडामा बसोबास गर्ने स्वास्थ्यकर्मी,डाक्टर,युवा क्लव ,शिक्षक , समाजसेवी समेटेर सात सदस्यीय “संक्रमण रोग रोकथामतथा नयिन्त्रण अभियान ”समिती गठन गरीएको हो।
उक्त समितीले पहिलो चरणमा वडा भित्र क्रियाशिल २६ जना स्वयंसेबक र जनप्रतिनिधीलाइ विसेसज्ञ डा. रोजी दवाडी, विजय अधिकारी ,सिता के.सी को सहयोगमा मार्फत कोरोना भाइरस (कोभिड १९) को परिचय,रोगको विषेशता ,रोगका लक्षण , रोगबाट जोखिम , रोग बाट बच्ने उपायको बारेमा प्रशिक्षण दिइएको थियो।
दोस्रो चरणमा वडा नं १३ भित्र रहनु भएका स्वास्थ्य स्वयंसेविकाहरुका लागि बिर हस्पिटलका डा. जितेन्द्र देब पन्थीले प्रशिक्षण दिएका थिए ।
श्री बिद्यामन्दिर मावीमा भएको कार्यक्रममा सहभागिहरुलाइ हातधुने तरीका,माक्स प्रयोग गर्ने बिधी,सामाजिक दुरी कायम गर्ने तरीकाको प्रदर्शनी पनि गरीएको थियो।