समाजसेवा लाइ कुनै भौतिक दुरीले छेक्दैन : डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन)
कपन अनलाइन
काठमाडौं बैशाख १५।सामाजिक काम गर्न कुनै भुगोल आवश्यकता पर्दैन जहाँ आवश्यकयता हुन्छ त्यहाँ पुग्नुपर्छ भन्ने मान्यतालाइ आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आफ्नो सेवालाइ निरन्तर रुपमा प्रदान गर्दै आएको छ । उक्त अभियानलाइ दरिलो अभिभावकत्व प्रदान गर्दै आएका सक्रिय लायन्स लिडर हुन् लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन) । पुर्वको बिराटनगरमा भ एपनि नियमित लायन्स लिडर संग सम्पर्कमा रहेर नेपालका बिभिन्न स्थानमा सामाजिक सेवामा खटिरहेका लायन्स सदस्यहरुलाई आवश्यक सहयोग गरिरहेका छन् । प्रतिकुल अवस्थाका कारण चाहना भए पनि सबै ठाउमा पुग्न नसकेकोमा छटपटी भएको बताउने उनले सामाजिक सेवा गर्नको लागि भौतिक दुरीले नछेक्ने बताए।
विश्व भरि फैलिएको कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु ,सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएकाहरुको मुक्त कण्ठले प्रसंशा समेत गरेका छन ।सरकारले शुरु गरेको बिद्यार्थी भर्ना अभियान संगै कापी संकलन र वितरण कार्य गरेका उनले अहिले कोरोना संकटको जोखिम न्यूनीकरणको साथै बिभिन्न सहयोग अभियानमा दरिलो साथ दिदै आएका छन।
अहिलेको विषम परिस्थितिमा सरकारले मात्र सबै गर्न नसक्ने हुँदा लायन्सहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउने उनले देशभरका क्लबले कुनै न कुनै तरिकाबाट सघाइरहेका बताउदै सेवामा समर्पित हुनु लायन्स क्लबको उद्देश्यलाइ आत्मसात गर्दै सेवाका कामहरु गरिरहेको बताए । सेवाभावका साथ खुलेका सबै क्लब र तीनका सदस्य अहिले रोग नियन्त्रण अभियानमा आ–आफनो ठाउँबाट जुटिरहेको , त्यसमा लायन्स र लियो क्लबका सदस्यहरु सक्रिय रहेको बताए ।
अहिले को विषम परिस्थितिमा लायन्समा कुशल नेतृत्व बहन गर्दै आएका उनले दिन रात नभनी लायन्स लिडरहरुलाइ आवश्यक सल्लाह सुझाब सहित सहयोग गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध समेत गरेका छन ।उनि भन्छन ‘सामाजिक संस्थामा आवद्द हुनु भनेकै समाजमा आइपर्ने विपद दुखमा सेवा गर्नु हो मानवीय सेवा बाट प्राप्त सन्तुष्टि नै ब वास्तवमा धर्म हो ‘ । लक डाउनका कारण चुल्हो बाल्न समस्यामा परेका परिवारलाइ खाद्यान्न सहयोग मात्र नभई लायन्स क्लबको अगुवाइ तथा सक्रियतामा बिभिन्न स्थानमा रक्तदान कार्यक्रम समेत आयोजना भई रहेको छ । यति मात्र नभई लायन्स क्लब मार्फत कोभिड -१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई आधारभूत सुरक्षा सामग्री पिपिई माक्स स्यानिटाइजर लगायतको सामग्री उपलब्ध गराउनको लागि पनि पहल गरेका उनले आफु बिराटनगरमा भए पनि लायन्स साथीहरु संगै भएको बताए
उनि भन्छन बिहान देखि लायन्स क्लब,, संघ संस्था र व्यक्तिहरूको सहयोगमा संकलित खाद्यान्न लाइ वितरण गर्नको लागि प्याकिंग गर्ने देखि वितरण गर्ने सम्मको काममा साथीहरु खटिरहनु भएको छ यो अभियानमा सहयोग गर्ने सबैलाई मुक्तकण्ठले प्रसंशा गर्दै धन्यबाद दिदै उनले कोरोना भाइरस बिरुद्द उच्च मनोबलका साथ सामना गर्न सबैमा अनुरोध गरेका छनमहामारीको प्रकोप माथि विजय प्राप्त गरेर सम्पूर्ण मानव जातिको समृद्दी कायम गर्ने तर्फ नयाँ आयामहरुको थालनी गर्न सकियोस भन्ने नया वर्षको शुभकामना सहित लायन्स क्लबले संकटको बेलामा गर्दै आएको कामको उच्च प्रसंशा समेत गरेका छन ।
सरकारले घोषणा गरेको लकडाउन लाई हामीले पुर्ण रुपमा घरमै बसी पालना गर्नु पर्छ र यो हाम्रो परम कर्तव्य पनि हो उनि भन्छन। ‘आजको विषम परिस्थितिमा सरकारले मात्र भोको पेट पुर्ण रुपमा निर्मुल पार्ने नसकिरहेको अवस्थामा सुरक्षाकर्मी , संचारकर्मी , वडा प्रतिनिधि ,स्वास्थकर्मी ज्युहरु लगायत सामाजिक कार्यकर्ताहरु सबै घरभित्रनै बस्ने अबस्था शृजना हुनगएमा अबस्था कस्तो होला ? हामीले कल्पना सम्म गर्न सक्दैनौं तसर्थ लायन्स क्लब ३२५ ए१ ले राज्यले लगाएको लकडाउनलाइ लाई पुर्ण रूपमा पालना गर्दै सुरक्षात्मक उपाय अपनाएर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत संचालित Food Bank मार्फत आज जहाँ आवश्यक त्यहाँ लायन्स भन्ने मुल मन्त्रमा रहि Hunger relief program अन्तर्गत खाधान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउदै आईरहेको बताए।
उनले यस्तो बेलामा हरेक नागरिकले आफ्ना निहित स्वार्थहरुलाई सिमित गर्दै केवल मानव समुदायको हितको लागि कार्य गर्ने अवसरमा बुझ्नुपर्नेमा जोड दिदै निरन्तर समाज सेवामा खटिने प्रतिबद्दता समेत ब्यक्त गरेका छन ।सरकारलाइ लायन्स क्लबले करिब ५७लाख बराबरको स्वाथ्य सामग्री समेत प्रदान गरेको छ ।