गोकर्णेश्वर २ मा संचालित निशुल्क भोजन शिबिरलाइ लायन कुमार राज सुवेदी द्वारा (पी पी इ) सहयोग
कपन अनलाइन
काठमाडौं,बैशाख १५ ।गोकर्णेश्वर नगरपालिकामा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ। यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ को नयाँ पाटी पार्टी प्यालेसमा पनि भर पेट निशुल्क भोजन शिविर संचालन भएको छ । उक्त शिबिरमा सुरक्षित तवरले खाना खुवाउने अभियानमा नेपाल भलीबल संघका उपाध्यक्ष एबम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का पूर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदीले गोत नि:शुल्क भोजन शिविरको लागि २ थान पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) सहयोग गरेका छन । उनले उक्त पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षत्रीलाइ हस्तान्तरण गरेका हुन।
सानो सहयोगले पनि कोरोना संक्रमणको जोखिमलाइ न्यूनीकरण गर्नको लागि सहयोग पुगोस र निशुल्क भोजन शिबिरलाइ सुरक्षित तवरले संचालन गर्न सकियोस भनेर उक्त सामग्री प्रदान गरेको लायन कुमार राज सुवेदीले बताए। त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहेका नारायण बहादुर सुवेदीले सो निशुल्क भोजन शिबिरलाइ तीन क्रेट गोलभेडा निशुल्क प्रदान गरेको स्थानीय केदार नेपालले बताए ।त्यसै गरि अमेरिका निवासी समाजसेवी हरिबोल भण्डारीले समत सो निशुल्क भोजन शिबिरलाइ पांच सय पिस मास्क समेत प्रदान गरेको बताए। उक्त भोजन शिबिरलाइ सहयोग गर्ने सहयोगी दाताहरु पनि बढ्दै गएका छन। नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले आफ्नो बुवा स्व.चक्र बहादुर ठकुरीको पाँचौ समृतिको अवसरमा खाद्यान्न सहयोग गरेका थिए भने किड्स सांग्रिला होमले पनि खाद्यान्न सहयोग गरेको छ। त्यसै गरि ब्यक्तिगत रुपमा आङ् गेलबु शेर्पा ले पनि खाद्यान्न सहयोग गरेकी छिन ।