लायन्स क्लब द्वारा नेपाल सरकारलाइ ५७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

लायन्स क्लब द्वारा नेपाल सरकारलाइ ५७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख १४। आफ्नो स्थापना कालदेखि नै विभिन्न मानविय तथा सामाजिक सेवामा अग्रणी स्थानमा रहेर काम गरिरहेको लायन्स क्लब इन्टरनेसनलले  नेपाल सरकारलाई ५७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  लायन्स क्लबले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको हो । लायन्स क्लबले पीपीई २ हजार थान, एन ९५ मास्क ५ हजार थान, सर्जिकल मास्क ५ हजार थान र ग्लोब्स २० हजार थान सहयोग गरेको हो ।मन्त्रालयमा आज एक कार्यक्रमका बीच  उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब इन्टरनेसनलका GAT एरिया लिडर लायन खगेन्द्र सिटौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो सामाग्री हस्तान्तरण गरेका हुन ।उक्त कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ ए१का  इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, वर्तमान डिस्ट्रिक ३२५ ए१का फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पूर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी सहित लायन्स लिडरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संकटको बेला गरेको सहयोगको लागि लायन्स क्लबलाइ धन्यवाद दिएका थिए ।

 लायन्स क्लबले महामारीको रुपमा फैलिएको कोभिड -१९ मा नेपालका बिभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई पीपीइ, KN/N95 मास्क सर्जिकल मास्क सर्जिकल ग्लोभ्स वितरण गर्नुको साथै पूर्व मेची देखि महाकाली सम्म अलपत्र परेका एबम खानको समस्या भएका ब्यक्तिहरुलाई बिभिन्न संस्थाहरुलाई सम्भब भए सम्म खाद्यान्न एबम अत्यावश्यक अन्य सामग्रीहरु उपलब्ध गराउदै आइरहेको छ। यस महामारीमा संस्थागतरुपमा नै नेपाल सरकारलाइ सहयोग गर्ने उदेश्यका साथ् ५७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री  माननीय स्वास्थ्य मन्त्री मार्फत नेपाल सरकारलाइ हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले कपन अनलाइनलाइ बताए।लायन्सका नेपालमा १३ सयभन्दा बढी क्लब शाखा र त्यसमा आवद्ध ३३ हजारभन्दा बढी लायन सदस्यहरू  रहेका   छन् ।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।