बुढानिलकण्ठ नगरपालिकाको राजस्व परामर्श समितले नगरवासी संग सुझाव माग्यो
कपन अनलाइन
काठमाडौं ,वैशाख १४।
बुढानिलकण्ठ नगरपालिकाले विभिन्न दस्तुर ,शुल्क तथा राजस्व संकलनका लागि चुहावट नियन्त्रण,नीतिगत सुधार वा अन्य कुनै किसिमका सहयोग भएमा उपलव्ध गराउन अनुरोध गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाको राजस्व परामर्श समितिको बैठकले नगरपालिकाले राजस्व ,कर तथा अन्य कुनै पनि विषयमा नीतिगत तथा प्राविधिक सल्लाह दिनका लागि टोल विकास समिति ,संघ संस्था ,बिज्ञ तथा आम नगरवासीमा अनुरोध गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख तथा समितिकी संयोजक रमा राईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत नारायण रिसाल ,समितिका सदस्यहरु नबिन केसी ,शान्ता ढकाल ,डोल्मा शेर्पाको उपस्थितिमा बैशाख १४ गते आइतवार भएको बैठकले सुझाव संकलन गर्ने निर्णय गरेको हो।
नगरपालिकाले हाल लागु गरिरहेको कर ,दस्तुर तथा राजस्वको दायरा तथा दर वृद्धिका बैज्ञानिक र प्रभावकारी उपाय ,नीतिगत सुधार तथा अन्य विभिन्न विषयमा नगरवासीले बैशाख मसान्त भित्र आफ्ना सुझाव विधुतीय संचार तथा अन्य माध्यम बाट दिन सकिने समितिकी सदस्य शान्ता ढकालले बताएकी छन। “आफुले तिर्ने करको नीति निर्माणमा आफ्नो संलग्नता ” भन्ने उदेस्यले नगरपालिकाले सुझाव संकलनको शुरुवात गरेको उनको भनाइ रहेको थियो।
त्यस्तै समितिकी संयोजक राईले आगामी दिनमा नगरपालिकाले आम नगरवासीको सहकार्य र सहभागितामा नीतिगत सुधार गर्ने योजना अनुसार सुझाव माग गरिएको बताएकी छन। यसका लागि नगरमा वसोवास गर्ने बिज्ञ ,विधार्थी ,समाजसेवी ,राजनीतिक नेता तथा कार्यकर्ता सहित सबैले यसलाई नगरको नीति निर्माणमा सहभागिताको अवसरका रुपमा लिन आग्रह गर्दै राईले तलको ठेगानामा सुझाव पठाउन अनुरोध गरेकी छन।
सुचना :