वडावासीको सहयोगले बुढानिलकण्ठ -९ प्रकोपबाट सुरक्षित रहेको छ :राजेन्द्र सापकोटा (अध्यक्ष )

वडावासीको सहयोगले बुढानिलकण्ठ -९ प्रकोपबाट सुरक्षित रहेको छ :राजेन्द्र सापकोटा (अध्यक्ष )

कपन अनलाइन

काठमाडौं ,बैशाख १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष राजेन्द्र सापकोटाले वडामा लकडाउनको पूर्णपालना तथा राहत वितरणका लागि वडा समिति सहित सर्वदलीय प्रतिनिधिहरुको समिति सक्रिय रहेको बताएका छन्।

वडामा वसोवास गर्ने एक जनालाई RDT पोजिटिभ देखिएको तर PCR नेगेटिभ आएको जानकारी दिदै अध्यक्ष सापकोटाले वडावासीको सहयोगमा बुढानिलकण्ठ – ९ सुरक्षित रहेको बताएका छन।

वडा नं ९ ले हाल सम्म करिव ८ सय जनालाई पहिलो चरणमा राहत वितरण गर्नुका साथै आवस्यक परेमा तत्काल खाद्यान्न तथा अन्य सहयोग गर्ने व्यवस्था मिलाएको जानकारी गराउदै अध्यक्ष सापकोटाले  त्यस कार्यको लागि सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिएका छन।

वडामा वसोवास गर्ने धेरै नागरिकहरुलाई आफ्नो निजि तथा अन्य सहयोगीहरुको सावारी मार्फत सेवा पुर्याएको जानकारी दिदै अध्यक्ष सापकोटाले केही वडा कार्यालयको सिफारिसमा आफ्नो जन्मस्थान गएको  बताएका छन।

वडा नं ९ मा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि विभिन्न सचेतना मुलक कार्यक्रम गर्नुका साथै विदेस बाट आएका वडावासीहरुको RDT परिक्षण सम्पन्न गरिएको जानकारी दिदै अध्यक्ष सापकोटाले नेपाल सरकारले दिएको निर्देशन पालना गरि महामारी संग लड्नका लागि वडा वासिमा अपिल गरेका छन।

वडा अध्यक्ष सापकोटाले वडामा वसोवास गर्ने कसैलाई आपतकालीन सेवा आवस्यकता परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्नका लागि अनुरोध गर्दै वडाको अभियानमा सक्रिय जनप्रतिनिधि ,स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छौ।

तपाइँको प्रतिक्रिया ।