थानकोटमा अलपत्र व्यक्तिहरुलाई उद्दार गर्न सहयोग गर्ने सबैलाई धन्यवाद: सांसद अन्जना बिशंखे
कपन अनलाइन
काठमाडौं ,बैशाख १०।
प्रतिनिधि सभा सदस्य अन्जना बिशंखेले प्रेस बिज्ञप्ति जारि गर्दै त्रिभुवन पार्क थानकोटमा अलपत्र परेका व्यक्तिहरुलाई उद्दार गरि आफ्नो जन्मस्थान पुर्याउने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन।
काठमाण्डौबाट हिड्दै आएका व्यक्तिहरुलाई आश्रय दिन शहिद पार्क (त्रिभुवनपार्क) थानकोटमा ५ गते देखि संचालन गरिएको आश्रय स्थलको अभियान स्थगित गरेको जानकारी गराउदै सांसद बिशंखेले नागरिकको स्वस्थ हुने र बाच्न पाउने अधिकारको सुरक्षितता पहिलो प्राथमिकता रहेको बताएकी छन।
प्रेश विज्ञप्ति :
कोरोना भाइरस (कोभिड–१९) माहामारीले विश्व नै सामाजिक संकटमा परेको छ । कोरोनाभाइरस संक्रमणको रोकथाम गर्न नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को कारणले नेपाली जनता बिशेतस् श्रमिक मजदुरहरु आ–आफ्नै तरिकाले दुख कस्ट झेल्दै नेपाल भित्रै र बाहिर बसि रहेका छन् ।
यहि क्रममा काठमाण्डौबाट हिडदै स्थाई बसोबासमा जान लाग्नु भएका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई शहिद पार्क (त्रिभुवनपार्क) थानकोटमा ५ गते देखि संचालन गरिएको अस्थाई बिश्राम स्थल (खान र बस्न) आज वाट स्थगित गरिएको जानकारी गराउँछु ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र युवा संघ नेपालको समन्वयमा संचालित आश्रय स्थल व्यवस्थापनका लागि बिषयगत समितिहरुको नेतृत्वमा कार्य सम्पन्न प्रेश विज्ञप्ति कोरोना भाइरस (कोभिड–१९) माहामारीले विश्व नै सामाजिक संकटमा परेको छ । कोरोनाभाइरस संक्रमणको रोकथाम गर्न नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को कारणले नेपाली जनता बिशेतस् श्रमिक मजदुरहरु आ–आफ्नै तरिकाले दुख कस्ट झेल्दै नेपाल भित्रै र बाहिर बसि रहेका छन् । यहि क्रममा काठमाण्डौबाट हिडदै स्थाई बसोबासमा जान लाग्नु भएका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई शहिद पार्क (त्रिभुवनपार्क) थानकोटमा ५ गते देखि संचालन गरिएको अस्थाई बिश्राम स्थल (खान र बस्न) आज वाट स्थगित गरिएको जानकारी गराउँछु ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र युवा संघ नेपालको समन्वयमा संचालित आश्रय स्थल व्यवस्थापनका लागि बिषयगत समितिहरुको नेतृत्वमा कार्य सम्पन्न भयो ।
यस बिश्राम स्थलको व्यवस्थापनमा युवा संघ नेपालका केन्द्रीय सदस्य शिब कुमार महर्जनको प्रत्यक्ष नेतृत्व रहेको थियो । खाद्यान्न व्यबस्थापन संयोजक विन्दु श्रेष्ठ, सरसफाइ संयोजक विजय श्रेष्ठ, मेश व्यवस्थापनमा श्याम के.सि. र सुरेन्द्र थापा, सुरक्षा संयोजनमा ध्रुव कठायत र प्रद्युम्न पन्त, स्वयंसेवक संयोजक सुन्दर श्रेष्ठ, सन्चार संयोजनमा दिनेश परियार र श्रीहरी थापा, काउन्सीलिङ तथा अभिलेखिकरण व्यबस्थापन संयोजनमा उषा तितिक्षु, अमिर श्रेष्ठ र भाईकाजि तामाङ सहित युवा संघ नेपालका ३५ जना सदस्यहरूको सहभागीतामा संचालित बिश्राम स्थलमा कंचनपुर, कैलालि, बर्दिया, वाँके, दाङ, सल्यान, रोल्पा, जाजरकोट, अर्घाखाँची, प्युठान, पाल्पा, गोर्खा, धादिङ, पर्सा, सर्लाही र मोरंङ जानेहरु रामेछाप, दोलखा, काभ्रे, सिन्धुपालल्चोक लगायतका जिल्लाहरुबाट पैदल आइपुग्नु भएको थियो ।
करिब ६०० जति हाराहारीको संख्यामा जान खोज्नु भएको स्थानमा वहाँहरु लाई पुर्यांउने व्यवस्था गरियो । यस बिश्राम स्थल व्यवस्थापनलाई सक्रिय सहभागीताका साथ सहयोग गर्नुहुने संविधानसभा सदस्य माननिय विनोद श्रेष्ठ, नेकपा काठमाण्डौ १० नं. क्षेत्रिय इंचार्ज तथा संविधान सदस्य माननिय रूपा महर्जन, प्रदेशसभा सदस्य माननिय रमा आले मगर, चंद्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लिशा नकर्मी, प्रवक्ता तथा वडा नं. ११ का अध्यक्ष हरीभक्त महर्जन, वडा अध्यक्षहरु, वडा सदस्यहरु, नेकपा चन्द्रागिरी अध्यक्ष राजू श्रेष्ठ, सचिब देब कृष्ण महर्जन, नगर कमिटी सदस्यहरु, चंद्रागिरीका युवा संघ नेपालका सदस्यहरू, व्यवस्थापन समिति सदस्यहरु, सहयोगीहरु र जनता प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
साथै नेपाल प्रहरी थानकोट वृतका डीएसपी घनश्याम श्रेष्ठ, नेपाली सेना, चंद्रागिरी नगरपालिकाका स्वास्थ्यकर्मी र यातायात साधन उपलब्ध गराउनेहरु प्रति सम्मान प्रकट गर्दछु । पाचौ दिन सम्म आईपुग्दा कार्यक्रमलाई सम्झदारी पुर्वक समीक्षा गर्दै नागरीक समाज, जनप्रतिनिधिहरु र सुरक्षनिकाय लगाएतको सुझावका आधारमा पहिलो चरणको यो कार्यक्रम (बिश्राम स्थल) स्थगित गरिएता पनि आवस्यकता अनुरुप फेरि सन्चालनमा ल्याईने छ ।
संचार क्षेत्र र सामाजिक संजाल आदिहरु मार्फत समाचार, जानाकरी दिनेहरु प्रति आभारी छु । र दुख पिडा पाउनेहरु संग माफी माग्दै आशा गर्दछु की फेरी फेरी यो खालको दुख पिडा व्यहोर्न नपरोस । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम गर्न विश्व स्वास्थ्य संगठनको निर्देशिका र नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को नियम पुर्णपालना गदै आ–आफ्नै स्थानमा वसेर महामारी विरुद्धको कठिन लडाईमा विजय हासिल गर्न सवैमा अनुरोध गर्दछु ।
हरेक नागरिकको स्वस्थ हुने र बाच्न पाउने अधिकारको सुरक्षितता पहिलो प्राथमिकता हो । हामी सबै स्वस्थ र सहयोगी हुने प्रयास गरिरहौ । सवैमा सुस्वस्थको शुभकामना व्यक्त गर्दछु । अन्जना विशंखे प्रतिनिधिसभा सदस्य काठमान्डौ । यस बिश्राम स्थलको व्यवस्थापनमा युवा संघ नेपालका केन्द्रीय सदस्य शिब कुमार महर्जनको प्रत्यक्ष नेतृत्व रहेको थियो ।
खाद्यान्न व्यबस्थापन संयोजक विन्दु श्रेष्ठ, सरसफाइ संयोजक विजय श्रेष्ठ, मेश व्यवस्थापनमा श्याम के.सि. र सुरेन्द्र थापा, सुरक्षा संयोजनमा ध्रुव कठायत र प्रद्युम्न पन्त, स्वयंसेवक संयोजक सुन्दर श्रेष्ठ, सन्चार संयोजनमा दिनेश परियार र श्रीहरी थापा, काउन्सीलिङ तथा अभिलेखिकरण व्यबस्थापन संयोजनमा उषा तितिक्षु, अमिर श्रेष्ठ र भाईकाजि तामाङ सहित युवा संघ नेपालका ३५ जना सदस्यहरूको सहभागीतामा संचालित बिश्राम स्थलमा कंचनपुर, कैलालि, बर्दिया, वाँके, दाङ, सल्यान, रोल्पा, जाजरकोट, अर्घाखाँची, प्युठान, पाल्पा, गोर्खा, धादिङ, पर्सा, सर्लाही र मोरंङ जानेहरु रामेछाप, दोलखा, काभ्रे, सिन्धुपालल्चोक लगायतका जिल्लाहरुबाट पैदल आइपुग्नु भएको थियो ।
करिब ६०० जति हाराहारीको संख्यामा जान खोज्नु भएको स्थानमा वहाँहरु लाई पुर्यांउने व्यवस्था गरियो । यस बिश्राम स्थल व्यवस्थापनलाई सक्रिय सहभागीताका साथ सहयोग गर्नुहुने संविधानसभा सदस्य माननिय विनोद श्रेष्ठ, नेकपा काठमाण्डौ १० नं. क्षेत्रिय इंचार्ज तथा संविधान सदस्य माननिय रूपा महर्जन, प्रदेशसभा सदस्य माननिय रमा आले मगर, चंद्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लिशा नकर्मी, प्रवक्ता तथा वडा नं. ११ का अध्यक्ष हरीभक्त महर्जन, वडा अध्यक्षहरु, वडा सदस्यहरु, नेकपा चन्द्रागिरी अध्यक्ष राजू श्रेष्ठ, सचिब देब कृष्ण महर्जन, नगर कमिटी सदस्यहरु, चंद्रागिरीका युवा संघ नेपालका सदस्यहरू, व्यवस्थापन समिति सदस्यहरु, सहयोगीहरु र जनता प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै नेपाल प्रहरी थानकोट वृतका डीएसपी घनश्याम श्रेष्ठ, नेपाली सेना, चंद्रागिरी नगरपालिकाका स्वास्थ्यकर्मी र यातायात साधन उपलब्ध गराउनेहरु प्रति सम्मान प्रकट गर्दछु ।
पाचौ दिन सम्म आईपुग्दा कार्यक्रमलाई सम्झदारी पुर्वक समीक्षा गर्दै नागरीक समाज, जनप्रतिनिधिहरु र सुरक्षनिकाय लगाएतको सुझावका आधारमा पहिलो चरणको यो कार्यक्रम (बिश्राम स्थल) स्थगित गरिएता पनि आवस्यकता अनुरुप फेरि सन्चालनमा ल्याईने छ । संचार क्षेत्र र सामाजिक संजाल आदिहरु मार्फत समाचार, जानाकरी दिनेहरु प्रति आभारी छु । र दुख पिडा पाउनेहरु संग माफी माग्दै आशा गर्दछु की फेरी फेरी यो खालको दुख पिडा व्यहोर्न नपरोस ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम गर्न विश्व स्वास्थ्य संगठनको निर्देशिका र नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को नियम पुर्णपालना गदै आ–आफ्नै स्थानमा वसेर महामारी विरुद्धको कठिन लडाईमा विजय हासिल गर्न सवैमा अनुरोध गर्दछु । हरेक नागरिकको स्वस्थ हुने र बाच्न पाउने अधिकारको सुरक्षितता पहिलो प्राथमिकता हो । हामी सबै स्वस्थ र सहयोगी हुने प्रयास गरिरहौ । सवैमा सुस्वस्थको शुभकामना व्यक्त गर्दछु ।
अन्जना विशंखे
प्रतिनिधिसभा सदस्य
काठमान्डौ