क्यान्सर पिडितलाइ लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ को सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख ९। क्यान्सर पिडित सुशन बजगाईको बोनम्यारो ट्रान्सप्लान्टको लागि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले आर्थिक सहयोग गरेको छ ।बोन म्यारो ट्रान्सप्लान्टको लागि लायन रामशरण दहाल र लायन दिपेन्द्र सिंखडाको पहलमा Lions Club Of Internationals District 325A-1 मा आवद्द बिभिन्न क्लबका निम्न लिखित लायन सदस्यहरु बाट बोनम्यारो ट्रान्सप्लान्टको लागि संकलित एकमुष्ट रू ५,५०,०००।- (पाच लाख पचास हजार) रकम पिडित सुशन बजगाईको लागि हस्तान्तरण गरिएको थियो ।
Lions Club Of Internationals District 325A-1 का डिष्ट्रीक गभर्नर लायन ई्द्र खत्री ( राजन ) तथा Lions Club KTM Peoples का character president Lion रामशरण दहालबाट सुशन बजगाईका बुबा राजन बजगाईलाई हस्तान्तरण गरिएको थियो ।साथै Lios Club KTM Dhapakhel का Character President Lion Dipendra Simkhada बाट लक्ष्मी प्रतिष्ठनका संचालक कृष्ण गौतमलाई अती बिपन्न चेपाङ बस्तीमा बिभिन्न सामाजिक कार्यक्रमको लागी रू ५०,०००।- पचास हजार रूपैया समेत सहयोग गरका छन ।