संकटमा निरन्तर सक्रिय लायन टंक बहादुर श्रेष्ठ
कपन अनलाइन
काठमाडौं बैशाख ९ । विश्व भरि फैलिएको कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएका छन।कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देश भर लक डाउन गरे पछि दैनिक ज्याला मजदुरी गरि पेट पाल्नेहरु तथा बिभिन्न समज्निक संस्थामा आश्रय लिइरहेकाहरु बढी संकटमा परेका छन। स्वस्थ्य संकटले निम्त्याएको विपदमा राज्यलाइ सहयोग गर्ने सहयोगी हातहरुमा अग्रस्थानमा लायन्स क्लब पनि पर्छ ।
We serve को नारा लिएको लायन्स क्लबले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने नारालाई पुन विपदको समयमा यतार्थमा बदलेको छ । न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका लायन्स मध्ये एक सक्रिय लायन्स हुन्, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का वर्तमान फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ ।नेपालको संखुवासभा जन्म घर भए पनि काठमाडौंको विशालनगर लाइ कर्म भुमि बनाएका उनले अहिले को विषम परिस्थितिमा लायन्समा कुशल नेतृत्व बहन गरिरहेका छन । दिन रात नभनी उनि लायन्स लिडरहरुको सारथी बन्दै सामाजिक सेवामा लागिरहेका छन।
लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को डिस्ट्रिक गभर्नर रहेका समयमा भेटवालले आफ्नै नेतृत्वमा स्थापना “लायन्स फुड बैंक” स्थापना गरेका थिए। त्यहि “लायन्स फुड बैंक” को लोगो अंकित बोरामा विपन्नका लागि खाद्यान्न बोकेर अहिले लायन अनन्त भेटवाल को सारथीको रुपमा निरन्तर कुदिरहेका छन ।
समस्या र जटिलतामा पनि समाधान देख्ने र सकारात्मक सोच राख्ने उनले विपदमा सेवा गर्न लायन्सको गहन दायित्व रहेकोले यसले अनुपम आनन्द महसुस भएको अनुभूति सुनाउछन ।संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध समेत गरेका छन ।
अनुकुलतामा रचनात्मक सेवा,विपदमा राहत तथा आपतकालीन सेवा उपलव्ध गराउने लायनवादको मूल मर्मलाई सार्थक बनाउन आफ्ना सहयोद्धाका साथमा राहत सामाग्री बोकेर अविश्राम हिडिरहेका उनलाई डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री राजन र इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालको खटाइले थप प्रेरणा मिलेको बताउछन ।
उनि भन्छन ‘सामाजिक संस्थामा आवद्द हुनु भनेकै समाजमा आइपर्ने विपद दुखमा सेवा गर्नु हो मानवीय सेवा बाट प्राप्त सन्तुष्टि नै ब वास्तवमा धर्म हो ‘ । लक डाउनका कारण चुल्हो बाल्न समस्यामा परेका परिवारलाइ खाद्यान्न सहयोग मात्र नभई लायन्स क्लबको अगुवाइ तथा सक्रियतामा बिभिन्न स्थानमा रक्तदान कार्यक्रम समेत आयोजना गराउनको लागि उनि लागि परेका छन । यति मात्र नभई लायन्स क्लब मार्फत कोभिड -१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई आधारभूत सुरक्षा सामग्री पिपिई माक्स स्यानिटाइजर लगायतको सामग्री उपलब्ध गराउनको लागि पनि पहल गर्दै वितरण गरेका छन ।
उनि भन्छनबिहान देखि लायन्स क्लब,, संघ संस्था र व्यक्तिहरूको सहयोगमा संकलित खाद्यान्न लाइ वितरण गरको लागि प्याकिंग गर्ने द्केही वितरण गर्ने सम्मको काममा साथीहरु खटिरहनु भएको छ यो अभियानमा सहयोग गर्ने सबैलाई मुक्तकण्ठले प्रसंशा गर्दै धन्यबाद दिन चाहन्छु। उनले कोरोना भाइरस बिरुद्द उच्च मनोबलका साथ सामना गर्न सबैमा अनुरोध गर्दै महामारीको प्रकोप माथि विजय प्राप्त गरेर सम्पूर्ण मानव जातिको समृद्दी कायम गर्ने तर्फ नयाँ आयामहरुको थालनी गर्न सकियोस भन्ने नया वर्षको शुभकामना सहित लायन्स क्लबले संकटको बेलामा गर्दै आएको कामको उच्च प्रसंशा समेत गरेका छन ।
सरकारले घोषणा गरेको लकडाउन लाई हामीले पुर्ण रुपमा घरमै बसी पालना गर्नु पर्छ र यो हाम्रो परम कर्तव्य पनि हो उनि भन्छन। ‘आजको विषम परिस्थितिमा सरकारले मात्र भोको पेट पुर्ण रुपमा निर्मुल पार्ने नसकिरहेको अवस्थामा सुरक्षाकर्मी , संचारकर्मी , वडा प्रतिनिधि ,स्वास्थकर्मी ज्युहरु लगायत सामाजिक कार्यकर्ताहरु सबै घरभित्रनै बस्ने अबस्था शृजना हुनगएमा अबस्था कस्तो होला ? हामीले कल्पना सम्म गर्न सक्दैनौं तसर्थ लायन्स क्लब ३२५ ए१ ले राज्यले लगाएको लकडाउनलाइ लाई पुर्ण रूपमा पालना गर्दै सुरक्षात्मक उपाय अपनाएर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत संचालित Food Bank मार्फत आज जहाँ आवश्यक त्यहाँ लायन्स भन्ने मुल मन्त्रमा रहि Hunger relief program अन्तर्गत खाधान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउदै आईरहेको बताए। उनले यस्तो बेलामा हरेक नागरिकले आफ्ना निहित स्वार्थहरुलाई सिमित गर्दै केवल मानव समुदायको हितको लागि कार्य गर्ने अवसरमा बुझ्नुपर्नेमा जोड दिदै निरन्तर समाज सेवामा खटिने प्रतिबद्दता समेत ब्यक्त गरेका छन ।