चन्द्रागिरीमा होल्ड भएका २८९ यात्रु घर जान पाए

चन्द्रागिरीमा होल्ड भएका  २८९ यात्रु घर जान पाए

कपन अनलाइन

काठमाडौं बैशाख ७ ।प्रधानमन्त्रीको निर्देशनपछि थानकोटको  त्रिभुवन पार्कमा होल्ड गरिएका २ सय ८९ जना पैदल यात्रीहरूलाई पठाएको छ ।शुक्रबार थानकोटमा होल्ड  गरि रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको हो  ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो ।दुई सय ८९ संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो ।

साँझपख भने प्रदेश नम्बर ३ -०१००५ ख ९८११५मा दाङ ४० जना, ,प्रदेश नम्बर ३ -०१००५ ख ९८२० ४३ जना दाङ,प्रदेश नम्बर ३ -०१००५ ख ९८१८ सर्लाही ७० जना ,प्रदेश नम्बर ३ -०१००५ ख ९८२२ ६५ जना नेपालगन्ज,बा ३ख ४९४८ बर्दिया ४० जना,बा ४ ख ५८२४ बर्दिया ३१ जना, ना५ ख ५९२० दाङ ४० जनागरि २ सय ८९ यात्र बस चढाएर राजधानीको  चन्द्रागिरिबाट पठाईएको  हो । चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको हो । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइनेछ ।राजधानी लगायत उपत्यका नजिकैका जिल्लाहरूवाट पैदल हिडेर जान लागेका यात्रुहरूलाई पठाईएको प्रतिनिधि सभा सांसद अन्जना विसंखेले बताईन ।

फोटो सौजन्य : चन्द्रागिरी न्युज

तपाइँको प्रतिक्रिया ।