गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनिमा लकडाउन प्रभावितहरुलाई नि:शुल्क खाना

गोकर्णेश्वर  नगरपालिका वडा नं ४ उत्तरबाहिनिमा  लकडाउन प्रभावितहरुलाई नि:शुल्क खाना

कपन अनलाइन

काठमाडौं बैशाख ७।  गोकर्णेश्वर नगरपालिका वडा नं  ४ मा शनिबार बाट दाताको सहयोगमा  निशुल्क खानाको शुभारम्भ भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४  उत्तरबाहिनी चोकमा न्यु कृतिका मिट सप र श्री कान्तिभैरब लिक्वर्सका संचालक दुर्गा श्रेष्ठ र संजय शाहीले वडा संगको समन्वय गरि आफ्नो व्यक्तिगत खर्चमा असाहय र बिपन्न बर्गलाई लक्षित गरि निशुल्क भोजन अभियान संचालन गरेका हुन् ।कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानको व्यवस्था गरिएको  सहयोगी दाता  संजय शाहीले कपन अनलाइन लाइ बताए।

 

बिहान १० बजे र बेलुकी ५ बजेपछि खाना वितरण  गरिएको  थियो जसमा  बिहान १६५ जनालाइ खाना खुवाइएको थियो भने साँझ २२०जना त्यस बाट प्रत्यक्ष लाभान्वित भएका थिए उनीहरुले  कति सकिन्छ लकडाउन अवधिभर खाना खुवाउने योजना भएको बताउदै यो अभियानमा सहयोग गर्न चाहाने इच्छुक  दाताहरुले सम्पर्क गर्न सकिने पनि बताएका छन।   सम्पर्क नम्बर ९८१३८२४१६१उक्त कार्यको लागि स्थानीय स्वयं सेवक धुर्व नापित सरोज बस्नेत लाक्स श्रेष्ठ लगायतले   सामाजिक दुरी कायम गर्दै  सहयोगी भूमिका खेलेका थिए ।

स्थानीय श्रीचन केसी का अनुसार सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने सोच अनुसार खाना खुवाइएकोमा खुसि  ब्यक्त गरे । उनले  उक्त कार्य को प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए ।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे , उप प्रमुख शान्ती नेपाल,  वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ वडा सदस्यहरु वडा सचिब नवराज सेन लगायतको उपस्थिति रहेको थियो ।नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा यस्ता कार्यक्रम को शुरुवात भएकोमा खुसि ब्यक्त गर्दै संकटको बेलामा वर्तमान समयको माग हल्का आलोचनाको भन्दा पनि एकीकृत पहलको रहेको बताए।  उनले अहिलेको समयमा एक ले अर्को लाइ सहयोगी भावना  राख्नु पर्ने बताए ।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।