लक डाउन प्रभावितहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नि:शुल्क खाना

लक डाउन प्रभावितहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नि:शुल्क खाना

 

कपन अनलाइन

काठमाडौँ, बैशाख  ७ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा निशुल्क खानाको शुभारम्भ भएको छ कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा सुपथ  उलन डायिंग को सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानको व्यवस्था गरिएको हो ।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ का बिभिन्न स्थानमा निशुल्क तयारी खाना खुवाइएको थियो। कोरोनाको संक्रमण फैलिन नदिन  नेपाल सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि शनिबार खानाको प्याकेट वितरण गरेका हुन् ।

 वडा अध्यक्ष मनोजकुमार  ढुंगानाको सक्रियतामा शुरु गरिएको उक्त अभियानमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरी   वडा सदस्यहरु नन्दलाल श्रेष्ठ, संन्नानी लामा डम्बरबहादुर श्रेष्ठ , सोबिता मिजार्को साथै बेशीगाउ युवा समूह अत्तरखेल युवा समाज डाँडा गाउ टोल सुधार समिति र माशिक सय अभियानका स्वयं सेवकहरुले खाना खुवाउने काममा सहयोगी भूमिका खेलेका थिए ।बिहान र बेलुका गरि करिब हजार जनालाइ निशुल्क खाना खुवाइएको थियो।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाको अनुसार सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रेमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने सोच अनुसार खाना खुवाइएको बताए। उनले शनिबार मात्र बिहान र बेलुका गरि करिब हजार जना भन्दा बढी लाइ खाना खुवाइएको बताए।

 उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ को बिभिन् स्थानमा खाना खुवाइएको जानकारी गराए। उनले बिहान ९:३० बजे देखि ११ बजे सम्म र बेलुका ६ बजे देखि ७ बजे सम्म सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले तयारी खानको प्याकेट वितरण गरेको जसमा दाल भात तरकारी समाबेश गरिएको पनि बताए। उनले डाडा गाउँ ,महांकाल भैरब मन्दिर,सरस्वती स्कुल प्राङ्गण,राधा कृष्ण मन्दिर प्रांगण ,बुद्धचोक अत्तरखेल र  प्रगती चोक माकलबारीमा खाना खुवाइएको बताए। उनले सो कार्यमा खटिने  स्वयं सेवकहरुलाइ धन्यवाद दिएका छन् । त्यस्तै  वडा सदस्य नन्दलाल श्रेष्ठका अनुसार यो अभियानमा जो कोहि पनि जोडिन सक्ने बताए उनले बास्तबिक प्रभावितहरुको लागि सो अभियान संचालन गरिएको  बताए।

यस विषम परिस्थितिमा खाना खुवाउने जस्तो मानवीय संवेदनशीलतासँग जोडिएको कार्य गरेकोमा आयोजकलाइ धन्यबाद दिदै नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले भोको पेट बस्न बाध्य बनेका नागरिकलाई भोजनको व्यवस्था  गरि केहि सहयोग गर्ने सक्ने सहयोगीको पहल बाट व्यवस्था गर्दै मानवीय सेवा नबिन सेवामा समर्पित बन्न यो अभियान शुरु गरिएको त्यसमा जो कोहि पनि जोडिन सक्ने बताए।  उनले मानवको  सेवा नै जीवनको सर्वोत्तमकार्य भएको  समेत उल्लेख गरे  ।

तपाइँको प्रतिक्रिया ।