मृत्यु जितेकी सुप्रियालाई वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको मार्मिक पत्र

मृत्यु जितेकी सुप्रियालाई वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको मार्मिक पत्र

कपन अनलाइन

काठमाडौं ,बैशाख ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ सहित विभिन्न  समाजसेवीहरुको पहलमा फोक्सोको समस्याले मृत्युको मुखमा परेकी सुप्रिया अहिले स्वास्थ्य लाभ गरिरहेकी छन।

लकडाउनको विषम परिस्थितिमा मृत्यु संग संघर्ष गरिरहेको उनलाई वडा अध्यक्ष श्रेष्ठ सहितको टोलीले त्रिवी शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाएका थिए ।

विरामी सुप्रिया मृत्यु जितेर स्वास्थ्य लाभ गरे संगै उनलाई भेट्न पुगेका श्रेष्ठले लेखेको मार्मिक पत्र तल प्रस्तुत गरिएको छ :

वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पत्र :

नानी तिमीलाईहामी सबैको साथ अनि   सुप्रिया तिमीलाई हाम्रो शुभ-आशीर्वाद

तिम्रो उच्च मनोबल,आमाबुबाको अगाध स्नेह र शुभ-चिन्तकहरुको अपार शुभ-चिन्ता तथा साथ सहयोगले अत्यन्तै गम्भीर प्रकृतिको फोक्सोको अपरेशन सफल भएको छ।

हिजो तिम्रो बारेमा जानकारी लिने र तिमीलाई तिम्रो सुस्वास्थ्यको कामना गर्दै दुई जना परोपकारी मन भएका बूढानीलकण्ठ नगरपालिका वडा नं.२ निवासी आदरणीय रमा जि.सीले धेरै धेरै मायाका साथ  पाँच हजार रुपैंया र काठमाडौ महानगरपालिका वडा नं.२ लाजिम्पाट निवासी आदरणीय पवन तिमिल्सिना ले पनिपन्ध्र हजार रुपैंया तिम्रो छिटो भन्दा छिटो सु-स्वास्थ्यको कामना गर्दै दिनु भएको रकम हस्तान्तरण गर्नु भएको छ ।

म,सुवास अंकल र मनोज अंकल सहित तिम्रो समीपमा आएका थियौं तर तिमी हिजो आईसियु भित्र रहेकै अवस्थामा ढोकाको सिसा बाट चिहायौं अनि फर्कियौ ।

तिमी आफैं उठेर बस्न सक्ने भईछौ,औधी खुसी लाग्यो अनि सोचें तिमी मृत्युलाई जितेर आएकी छौ।

आज फेरि तिमी आईसियु बाट जनरल वार्ड सी मा आएकी थाहा पाएर तिमीलाई मनै देखि हेर्न मन लागेर हान्नियएर आईपुग्यौं।बेडमा तिमी आफैं उठ्न सुत्न सक्ने देखेर झनै खुसी लाग्यो..अझै भनुँ तिमी मुस्काएर नमस्ते गर्दै बोलेको देखेर उअत्ती धेरै खुसी लाग्यो कि कसरी बयान गरुँ?

तिमी मात्र तिम्रो आत्मबल बढाउ,तिमीलाई छिटो जाती बनाएर तिम्रो घर सम्म पुग्न हामी सहयोग गर्न लाग्नेछौं।मलाई चिन्नुहुने धेरै अंकल आन्टीहरुले सोधिरहनु भएको छ।

तिम्रो स्वास्थ्य स्थितिको बारेमा अनि उहाँहरुले मनै देखि गर्नु भएको आर्थिक सहयोग र शुभेच्छाका गुच्छाहरुको पोको लिएर आई तिम्रो सु-स्वास्थ्यका लागि त्यहिं आएर फुकाउनेछौं।सुप्मारिया त्र तिमी तिम्रो आत्मवल बढाउ .मात्र आत्मवल।

 आदरणीय मनकारी मित्रहरु  आउनुहोस,तपाईं हामी जो कोहिले नानीका सु-स्वास्थ्यका लागि आफू सक्दो सहयोग गरौं।

बालकृष्ण श्रेष्ठ ,

वडा अध्यक्ष -वडा नं.३,

बूढानीलकण्ठ नगरपालिका।

तपाइँको प्रतिक्रिया ।