अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन तारकेश्वर नगरपालिका वडा नं १० का वडा अध्यक्ष अमृत थापाको अनुरोध

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन तारकेश्वर नगरपालिका वडा नं १० का वडा अध्यक्ष अमृत थापाको अनुरोध

कपन अनलाइन

काठमाडौं बैशाख ५ ।तारकेश्वर नगरपालिका वडा नं १० का वडा अध्यक्ष अमृत थापाले वडा बासीलाई विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमण बाट बच्न लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन्। उनले यस कठिन परिस्थितिमा सम्पूर्ण नागरिकहरुले  भोलि आउन सक्ने विषम परिस्थिति समेतलाइ दृष्टिगत गर्दै आ आफ्नो भूमिका प्रभाबकारी र इमान्दारी पुर्वक निर्वाह गर्नु पर्ने बेला आएको तर्फ पुनः गम्भीर ध्यानाकर्षण गराउदै उनले यसको लागि दैनिक उपभोग्य बस्तु बिक्रि वितरण गर्ने ब्यापारी वर्ग सर्वसाधारण नागरिक, टोल सुधार समिति, आमा ,महिला समूहहरुले निम्नानुसार गरि सङ्क्रमण  नियन्त्रणमा सहयोग पुर्याइ दिन पनि अनुरोध गरेका छन ।

उनले अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु दुध,फलफुल तरकारी र खाद्यान्न बिक्रि वितरण गर्ने पसलहरु बिहान ६ बजे देखि बिहान  ८ बजे सम्म दिनको एक पटक मात्र खोल्न अनुरोध गर्दै बिक्रि वितरण स्थलमा १ मिटरको दुरीमा ग्राहक उभिन मिल्ने गरि गोलो घेरा बनाई वा डोरी  राखी भिड भाड नगराई सामाजिक दुरी कायम राख्दै सामान बिक्रि वितरण गर्न गराउनु को साथै मास्क ग्लोब्स स्यानिटाईजरको प्रयोग तथा साबुन पानीले हात धुने व्यवस्था गर्न पनि अनुरोध गरेका छन ।उनले हार्डवयर पसल, मदिरा बिक्रि पसल, खाजा घर, रेस्टुरेन्ट होटल ,मासु पसल लगायतका अन्य सम्पूर्ण पसलहरु अनिवार्य रुपमा बन्द गर्न अनुरोध गरेका छन ।

उनले औषधी पसलहरु बिहान र बेलुका तथा आवश्यक परि सम्पर्क गरेका समयमा अनिवार्य खोलि सेवा प्रदान गर्न अनुरोध गर्दै   अत्यावश्यक काममा बाहेक कुनै पनि मानिसहरु घर बाहिर ननिस्किन  अनावश्यक रुपमा आवतजावत नगर्न अनुरोध गरेका छन ।उनले टोल बस्तिहरुमा स्वयम सेवकहरु परिचालन गरि लकडाउनको पालना गर्न गराउन टोल सुधार समिति तथा आमा/महिला समूहहरुले पहल गर्न अनुरोध  गरेका छन ।उनले माथि उल्लेख भए अनुसार नगरी अटेर गरि संक्रमण फैलाउने प्रयास गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।