संकटमा सक्रिय जनप्रतिनिधि बालकृष्ण श्रेष्ठ

संकटमा सक्रिय जनप्रतिनिधि बालकृष्ण श्रेष्ठ

कपन अनलाइन 

काठमाडौं ,बैशाख ५।

अहिले विश्व नै कोरोना प्रकोप संग जुधिरहेको छ अनि यसको अग्रिम मोर्चामा रहेका छन स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र संचारकर्मी र त्यस मोर्चाको कमान्डर बनेर सक्रिय बनेका छन जनताका प्रतिनिधि।

धेरै देशका रास्ट्रप्रमुखहरु नै संक्रमित बने पनि यस प्रकोपलाई परास्त गर्नका लागि डटिरहेका छन।अदृश्य शत्रु संगको लडाईमा जनताको सेवामा नेपालका जनप्रतिनिधिहरु पनि सक्रिय रहेका छन।

न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरागर्न लागिरहेका जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन् बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ।

राहत वितरण ,अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै श्रेष्ठले नगरवासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन।

त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनले आवस्यक औसधि घर घर पुर्याउने अभियान संचालन गरेका छन भने अस्पतालमा अलपत्र परेका विरामीहरुको उद्दारमा पनि उनि उतिकै लागिरहेका छन।

आफ्नो सामाजिक संजाल मार्फत ग्यास ,बैंक सेवा तथा अन्य आपतकालीन सेवाका वारेमा निरन्तर जानकारी गराउदै आएका श्रेष्ठले वडाका केहि सक्रिय युवाहरुको निशुल्क आपतकालीन सवारी उपलव्ध गराउने पहलमा दरिलो अविभावकत्व प्रदान गरेका छन।

जता हेर्यो त्यतै समस्या र जटिलता रहेको बताउने श्रेष्ठ विपदमा जनताको सेवा गर्न पाउनु गहन दायित्व रहेकोले यसले अनुपम आनन्द  महसुस भएको अनुभूति सुनाउछन ।

 

तपाइँको प्रतिक्रिया ।