बुढानिलकण्ठ नगरपालिकामा एक जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (RDT ) पोजिटिभ देखियो

बुढानिलकण्ठ नगरपालिकामा एक जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (RDT ) पोजिटिभ देखियो

कपन अनलाइन

काठमाडौं ,बैशाख ४।

बूढानीलकण्ठ नगरपालिकाले गरेको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा  एकजना व्यक्तिमा संक्रमण पोजिटिभ देखिएको छ ।

वैशाख ३ गते बुधवार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा  चैत्र ३-४ गते इटाली हुँदै नेपाल आएकी एक युवतीमा बैशाख  ३ गते वडा ८ मा गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा नतिजा  पोजिटिभ देखिएको थियो ।

ति युवतीलाई   थप परिक्षण पिसिआरको लागी टेकु अस्पताल पठाइएको र थप जानकारी टेकु अस्पतालले रिपोर्ट दिए पछी बताउन सकिने  नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल जानकारी दिएका छन।

संक्रमण पोजिटिभ देखिएका बुढानिलकण्ठ -९ बस्ने  उनि  इटाली हुँदै नेपाल आइपुगेको र २ हप्ता क्वारन्टाइनमा बसेको बताइएको छ ।यस वारेमा आज १ बजे  पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएको छ।

तपाइँको प्रतिक्रिया ।