नगरको कोषमा गोल्डेनलाईफ बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -१० को सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख ४।
गोल्डेनलाईफ बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -१० ले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ। गोल्डेनलाईफ बचत तथा ऋण सहकारी संस्था कपनका अध्यक्ष पदम मिश्र ,कोषाध्यक्ष बिनोद आचार्य र सदस्य राममणी भट्टराईको उपस्थितिमा नगरपालिकाकी उपप्रमुख रमा राईलाई ४१ हजार रुपैया हस्तान्तरण गरिएको थियो।
आफ्नो संस्थाको तर्फ बाट यस विसम परिस्थितिमा एउटा सानो सहयोगको प्रयास गरेको र आगामी दिनहरुमा पनि यस नगरपालिकालाई आवश्यक अन्य सबैखालका सहयोग गर्ने उक्त अवसरमा अध्यक्ष मिश्रले बताएका थिए।
तपाइँको प्रतिक्रिया ।