कागेश्वरी मनोहरा नगरपालिकाका सडकमा राखिएका तगारो हटाउन नगर प्रमुख थापाको अनुरोध
कपन अनलाइन
काठमाडौं,वैशाख ३ ।कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नगरबासीलाई अनुरोध गरेका छन् ।उनले लकडाउन सफल बनाउने नाममा नगरपालिकाका कतिपय टोलमा बाटोमा तगारो राखी बाटो बन्द गरेको भन्ने सुरक्षा निकायबाट समेत गुनासो आएको हुँदा त्यस्तो तगारो हटाउनको लागि नगरबासीलाइ अनुरोध गरेका छन ।
उनले आपतकालीन अवस्थामा बिरामी लिन जाने र अस्पताल आवतजावतमा समेत सबैलाई कठिनाइ पुग्ने हुँदा आ -आफ्नो टोलमा राखेको तगारो (अवरोध)हटाइ सहयोग गर्नको लागि अनुरोध गरेका हुन् ।साथै उनले बिना पास गुड्ने सवारी साधन प्रहरी प्रशासन बाट र नगर प्रहरी बाट समेत त्यस्ता सवारी साधनलाइ आवतजावतमा रोक लगाउने काम भई रहेको जानकारी गराएका छन्।
उनले नगर बासीलाई कोरोना भाइरस बाट त्रसित नहुन आग्रह गर्दै लक डाउनलाइ पूर्ण रुपमा कार्यन्वयन गरि सहयोग गर्न पनि अनुरोध गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनका लागिअनुरोध गरेका छन् ।