शंखरापुर नगरपालिकामा कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु
कपन अनलाइन
काठमाडौं बैशाख ३। शंखरापुर नगरपालिकामा विदेश बाट आइ होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ। मंगलबार लक डाउन शुरु हुनु अघि एक देखि डेढ महिना भित्र शंखरापुर नगरपालिकामा बिदेश बाट आइ होम क्वारेन्टीनमा ३७ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षण गरिएको हो ।परिक्षण गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको पनि बताए ।
शंखरापुर नगरपालिका स्वास्थ्य शाखा, सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ कियर अस्पतालका प्राविधिकहरूको सहयोगमा उक्त जाँच गरिएको हो।उक्त परिक्षण गर्नु अघि राष्टिय प्रयोग शाला सरूवा रोग नियन्त्रण महाशाखा टेकुबाट आएका स्वास्थ्यकर्मीहरुले सुष्मा कोइराला मेमोरियल अस्पतालमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सम्बन्धि प्रशिक्षण दिएका थिए ।इन्द्रायणी स्वास्थ्य केन्द्र, लप्से स्वास्थ्य केन्द्र, नाङ्गेले स्वास्थ्य केन्द्र, पटाप स्वास्थ्य केन्द्र र सुष्मा कोइराला मेमोरियल अस्पतालमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) गरिएको शंखरापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चाँपागाइले जानकारी दिएका छन् ।
सरकारले ‘र्यापिड टेष्ट’ विधिबाट क्वरेन्टीनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण सुरु गर्न लागिएको शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ बताए। उनले नगरपालिकाका बिभिन्न वडामा विदेश बाट आइ होम क्वारेन्टीनमा रहेका हरुको परिक्षण गर्न लागिएको जानकारी गराए ।प्राय सबै विदेश बाट आएकाहरुको एक डेढ महिना बितिसकेको र भाइरसका लक्षण पनि नदेखिएको बताउदै सबैले परिक्षणमा सहयोग गरेको पनि बताए । यद्यपि सावधानी अपनाउन र लक डाउनको पुर्ण पालना गर्न सम्पुर्ण नगरबासीमा उनले अपिल गरेका छन ।
फोटो :शंखरापुर न्युज