जोखिमपूर्ण बुढानिलकण्ठ -११ को रोहिंग्या बस्ती,वडा सदस्य तामांग माथि दुर्व्यवहार

जोखिमपूर्ण बुढानिलकण्ठ -११ को रोहिंग्या बस्ती,वडा सदस्य तामांग माथि दुर्व्यवहार

कपन अनलाइन 

काठमाडौं ,बैशाख ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को राममन्दिर र लसुनटार क्षेत्रमा रहेको गैरकानुनी आप्रवासी रोहिंग्या रहेको क्षेत्रमा संक्रमण र प्रकोप व्यवस्थापनको चुनौती बढ्दै गएको छ।

सो क्षेत्रमा रहेका रोहिंग्या परिवारलाई राहत वितरण र अन्य सहयोगका नाममा धेरै आवत जावत बढे संगै यसले संरक्षणको जोखिम बढाएको स्थानीयहरुले गुनासो व्यक्त गरेका छन ।

उक्त बस्ति रहेको स्थानमा राती र दिउसो विभिन्न बहानामा बाहिरि मानिसहरुको आवागमन बढ्दै गएको प्रति चासो व्यक्त गर्दै वडा कार्यालय र प्रहरी प्रसासनलाई निगरानी बढाउन आग्रह समेत गरेका छन।

यस बस्तीमा राहत वितरणका क्रममा पनि धेरै समस्या आइरहेको र वडा कार्यालयको अनुमति विनानै राहत वितरण गरिएको सुचना संगै पुगेका वडा सदस्य माथि समेत गालि बेइजती गरिएको छ।त्यस्तै ति महिलाले स्थानीयहरु संग पनि दुर्व्यवहार गरेका थिए।

बैशाख ३ गते मंगलवार वडा कार्यालयको स्वीकृति बिना राहत वितरण गरिएको सुचना पाए संगै उक्त बस्तीमा पुगेका वडा नं ११ का सदस्य विनोद तामांग माथि अभद्र व्यवहार गरिएको थियो।

सदस्य तामांगलाई सो क्षेत्रमा विना सुचना राहत वितरणका लागि आएका सिता कार्की र UNHCR मा कार्यरत एक पाकिस्तानी महिलाले दुर्व्यवहार गर्दै विभिन्न चुनौती दिएको सदस्य तामांगले कपन अनलाइनलाई बताए।

सदस्य तामांग संगै ति महिलाहरुले वडा अध्यक्ष राजु अधिकारीलाई पनि टेलिफोनमा गाली बेइजती गर्ने तरिकाले प्रस्तुत भए पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

निकै संवेदनशील र सुरक्षा चुनौति बढी भएको उक्त क्षेत्रमा वडा कार्यालयको प्रत्यक्ष उपस्थितिमा राहत वितरण गर्न वडाले जारी गरेको सूचना अबज्ञा गर्दै उल्टो गाली बेजतिमा आए पछी उनीहरुलाई पक्राउ गरेर बेलुका चेतावनी दिएर उनीहरुलाई छोडिएको थियो।

धेरै गैर कानुनी आप्रवासी रहेको उक्त क्षेत्रलाई विशेष निगरानी गर्दै त्यहा वितरण हुने राहत र अन्य सहयोगलाई व्यवस्थित बनाउनु पर्ने स्थानीयहरुले माग गरेका छन । विना सुचना र जानकारी बाहिर बाट आउने व्यक्तिहरुको आवतजावतले जोखिम र विभिन्न घटना बढाउने तर्फ सचेत बन्नु पर्ने उनीहरुले बताएका छन।

तपाइँको प्रतिक्रिया ।