उपप्रमुख शान्ती नेपाल सहित उपभोक्ता हित संरक्षण मन्च गोकर्णेश्वर द्वारा अनुगमन तिब्र
कपन अनलाइन
काठमाडौं बैशाख ३। गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन अनुगमन शुरु गरेको छ । उपभोक्ता हित संरक्षण मन्च गोकर्णेश्वर नगरपालिका वडा नं८ को सक्रियतामा अनगमनको कार्यलाई तिब्रता दिएको हो । गोकर्णेश्वर नगरपालिका कि उपप्रमुख शान्ती नेपाल सहितको टोलि द्वारा नगरपालिकामा संचालित बिभिन्न खाद्यान्न तरकारी मासु औषधी विभिन्न ग्यास डिपो तथा फलफुल पसल हरुको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा उप प्रमुख शान्ती नेपाल सहित उपभोक्ता हित संरक्षण मन्च गोकर्णेश्वर नगरपालिका वडा नं८ की संयोजक: लक्ष्मी पुडासैनी , राजेश दाहाल , प्रेम श्रेष्ठ सरिता सिंखडा , खडानन्द गौतम लगायतको उपस्थिति रहेको थियो ।
कोभिड–१९को जोखिम न्यूनीकरण का लागि सरकारले गरेको लकडाउनका कारण बजारमा उपभोग्य वस्तु ,ग्यासको लगायतको सामग्रीको अभाव तथा बढी मूल्य लिएको भएको जनगुनासो बढे पछि नगरपालिकाले अनुगमनलाइ तिब्र बनाएको हो।
फलफुल पसल -७ वटा
तरकारी पसल-१५ वटा
किराना पसल -१३ वटा
मासु पसल -६ वटा
ग्यास पसल -२ वटा
मसला पसल -१ वटा गरि जम्मा ४४ वटा व्यवसायी फर्मको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मन्च गोकर्णेश्वर नगरपालिका वडा नं८का राजेश दाहालले बताए ।उनले अनुगमनको क्रममा फलफुल व्यवसायीहरुले मुल्य भन्दा बढीमा बिक्रि गरिरहेको र मूल्य सुची पनि नटासेको हुँदा त्यस्ता व्यवसायीहरुलाई सचेत गराइएको बताए ।अनुगमनको क्रममा अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा, सचिब दिनेश राइले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।
गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले कोरोना भाइरस सन्त्रासको कारण देखाउदै वजारमा कालोवजारी,मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए नगरपालिकामा खवर गर्न आग्रह गरेका छिन् ।त्यस्तो पाइएमा नगरपालिकाले तत्कालै वजार अनुगमनगरी अनियमितिता गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएकी छिन् । त्यस्तै उपभोक्ता हित संरक्षण मन्च गोकर्णेश्वर ८ले लकडाउन अवधिभर मदिरा बिक्रीवितरण गर्न बन्द गर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ ।
त्यसै मन्चले बिपत्तीको समयमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ भित्र कुनै व्यवसायीहरुले खाद्यान्न , तरकारी ,मासु ,औषधी आदि दैनिक उपभोग्य सामाग्रीको अधिक मुल्य लिइएको , म्याद गुज्रिएका सामान बिक्री गरेको पाइएमा वा कृतिम अभाव सृजना गरी कालोबजारी गरेको पाइएमा जानकारी गराउन समेत अनुरोध गरेको छ । साथै त्यस्तो पाइएमा निम्न नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
लक्ष्मी पुडासैनी : ९८४१३४६५०८
राजेश दाहाल ९८४१६५५९५०
प्रेम श्रेष्ठ ९८४११२६३७४१
सरिता सिंखडा ९८४१३५६१४०
खडानन्द गौतम ९८४४२५५४८५
साथै नगरपालिकाका बिभिन्न स्थानमा अनुगमनलाइ तिब्र बनाउने पनि बताएको छ ।