कोरोना भाइरस उपचार तथा राहत कोषमा सहयोग गर्न गोकर्णेश्वर नगरपालिकाको अनुरोध

कोरोना भाइरस उपचार तथा राहत कोषमा  सहयोग गर्न गोकर्णेश्वर नगरपालिकाको अनुरोध

कपन अनलाइन

काठमाडौं वैशाख १ ।गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस उपचार तथा राहत कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ ।नगरपालिकाले सार्वजनिक सुचना मार्फत सो को आव्हान गरेको हो ।प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोगको फैलावट ,जोखिम, संक्रमित बिरामीहरुको उपचार तथा राहत व्यवस्थापनको लागि गोकर्णेश्वर नगरपालिकाले नगर कार्यपालिकाको ३३ औं बैठकको निर्णयानुसार निम्न बैकंमा “कोरोना भाइरस संक्रमण रोक थाम, नियन्त्रण, उपचार तथा राहत कोष”  खाता खोलिएको जानकारी गराउदै इच्छुक दाता ब्यक्ति तथा संघ संस्थाहरुले सो खातामा रकम जम्मा गी सहयोग गरिदिनको लागि आवहान गरिएको जानकारी गराएको छ ।

बैकको नाम कृषि विकास बैंक,

शाखा : जोरपाटी काठमाडौं

खाताको नाम : कोरोना संक्रमण रोकथाम ,नियन्त्रण तथा उपचार कोष

खाता नं :०२१०८०११४६१५६१५६

साथै कोषमा रकम जम्मा गर्नुहुने दाताहरु तथा संघ सस्थाहरुको नामावली र रकम सहित सधन्यवाद नगरपालिकाको वेबसाइट तथा सामाजिक संजालहरु मार्फत सार्वजनिक गरिने पनि जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।