नयाँ वर्ष २०७७ को अवसरमा डा.राजन भट्टराईको शुभकामना सन्देस !

नयाँ वर्ष २०७७ को अवसरमा डा.राजन भट्टराईको शुभकामना सन्देस !

कपन अनलाइन

काठमाडौं ,बैशाख १।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले कोभिड १९ कोरोना प्रकोप संग जुध्नु परिरहेको यस विषम परिस्थितिमा अझ सजगता  र संयमता अपनाउने साहास सम्पूर्ण मानवजातीमा रहोस भन्दै नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गरेका छन।

कठिन समयको विषम चुनौतीलाई परास्त गर्दै नविन र सार्थक  भविस्यको निर्माणमा योगदान गर्दन अहोरात्र खट्ने जनप्रतिनिधि ,स्वास्थ्यकर्मी,सुरक्षा कर्मी तथा संचारकर्मी सहित विपदको घडीमा मानव सेवामा समर्पित सबैलाई धन्यवाद दिदै डा. भट्टराईले नयाँ वर्षमा   प्रकोप विरुद्ध लड्ने संकल्प गर्नका लागि आव्हान गरेका छन।

जटिलतालाई सजग बनेर  अनुकुलतामा परिणत गर्नका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन पालना गर्नका लागि  अनुरोध गर्दै डा. भट्टराईले महामारी माथि विजय गर्ने सामर्थ्य सबैमा पलाओस भन्ने कामना गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।