बुढानिलकण्ठ नगरपालिका नगरबासीको स्वास्थ्य प्रति संवेदनशील छ : नगर प्रमुख उद्दब खरेल
कपन अनलाइन
काठमाडौं चैत्र ३०।(कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि बुढानिलकण्ठ नगरपालिकाले के कस्ता प्रयासहरु जारि राखेको छ? यस समबन्धमा कपन अनलाइनका विकल सापकोटाले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल संग गरिएको कुराकानीमा आधारित सामाग्री यहाँ प्रस्तुत गरिएको छ )
चीनको हुवेई प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको अधिकांस देशहरुमा फैलिसकेको छ । नेपालमा पनि हाल सम्म ९ जनामा कोभिड–१९ को संक्रमित फेला परेकोमा १ जनामा यो निको भईसकेको छ । नेपालमा पनि कोभिड–१९ को संक्रमण स्थानिय रुपमा एक व्यक्तिको परिवारबाट आफन्तमा सरेको कारण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा हाल सम्म यस बुढानिलकण्ठ नगरपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन, जुन खुशीको कुरा हो । त्यसो हुँदा आम नगरबासीमा अब त लक डाउन हट्छ कि भन्ने अपेक्षा पलाएको छ
तर यसो भन्दैमा हामीले सतर्कता अपनाउन छोड्नु हुदैन र हामीले संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रेयासहरु जारी राखेका छौ ।अब काठमाडौं बाहिरका मानिसहरु काठमाडौं नआउने हो भने काठमाडौं भित्रका मानिसहरुलाई सुरक्षित तरिकाले नियमित काममा फर्काउनु पर्ने तर्फ सोच्न सकिने बताए । विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा नेपाल सरकारले चैत्र ११ गते बाट दुई हप्ताको लागि लकडाउन गर्दै आईरहेकोमा थप ८ दिनलाइ थपि बैशाख ३ गते सम्मलाइ लकडाउन गर्ने निर्णय गरेको छ ।
आफ्नो जनतालाई कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई यस बुढानिलकण्ठ नगरपालिकाले पूर्ण रुपमा नगरवासीलाई पालना गर्न आव्हान गरिसकेको छ । सिमित स्रोतका बाबुजुत पनि नगरपालिका कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको लागेको र छोटो अवधिमा धेरै तयारी गरेको छ ।राज्यद्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु भइरहेको छ ।
नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन किराना, तरकारी तथा खाद्यान्न पसल निश्चित समयमा खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेका छन् । नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई आवश्यक औषधीहरु निरन्तर उपलब्ध गराइरहेको र पर्याप्त मात्रामा औषधी संचित रहेको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको सुझाव आपसी भेटघाट कम गर्ने, भिडभाड नगर्ने, शारीरिक निकटता कम गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले बारम्बार २० सेकेन्ड सम्म मिचिमिचि हात धुने, मास्कको प्रयोग गर्ने जस्ता तरिका अपनाई संक्रमण फैलिनबाट आफु र अरुलाई बचाउने उपायहरु गम्भीरतापूर्वक पालना गर्न समेत नगरपालिकाले सूचना जारी गरी लागु गरिएको छ ।बुढानिलकण्ठ नगरपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यमा केन्द्रित रहि नगरपालिका भित्रका मुख्य मुख्य स्थानहरुमा संक्रमण फैलिन नदिन किटनाशक औषधि छर्कने काम भएको छ ।नगरपालिकामा हेल्थ डेस्क स्थापना गरिएको आम नगरबासीलाइ स्वस्थ्य संग सम्बन्धित कुनै गुनासो भएमा हेल्थ डेस्क मा सम्पर्क गर्न अनुरोध गरिएको छ
वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधि ज्यूहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्ध स्तरमा खटिन विभिन्न बैठकहरुमा निर्देशन दिएको छु । नगरपालिकाको प्रशासनिक कार्य तथा खर्चमा पारदर्शितालाई ध्यानमा राखी सावधानी पूर्वक नियमित कामहरु गर्न अनुरोध गरेको छु । नगरवासीको सुरक्षाको लागि नगरपालिका अत्यन्तै संवेदनशिल रहि आएको छ ,आवश्यक पर्ने सेवा सुविधा, राहत वडा कार्यालयहरुवाट प्रभावकारी रुपमा प्रवाह भइरहेको छ। यस नगरपालिकामा गएको एक महिना भित्र विदेशबाट आउनु भएका व्यक्तिहरुको १ देखि १३ वटै वडाबाट तथ्याङ्क संकलन गरि होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गरिदै संकास्पद व्यक्तिहरुको कोभिड–१९ बाट संक्रमित भए नभएको यकिन गर्न ल्याव टेस्टको प्रकृया अगाडी बढि रहेको छ ।
स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाहिर नजान, त्रसित नभई सावधानी अपनाउन, लकडाउन अवधिभर धैर्यता पूर्वक सरकारी आदेशको पालना गर्न र घरमा आफ्नो परिवारसंग बसी सृजनात्मक तथा रचनात्मक कार्यहरुमा आफू तथा बालबालीकाहरुलाई संलग्न गराउन सामाजिक संजाल तथा बैठकहरु मार्फत कोरोना विरुद्धको लडाईमा एक्यबद्ध हुन नगरपालिकाले आग्रह गर्दै आईरहेको छ ।
लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिव परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नगरले नेपाल सरकारको नीतिमा रहेर वडा अध्यक्ष ज्यूहरुको अध्यक्षतामा सर्वदलिय राहत वितरण समिति गठन गरी चामल, दाल, चिनी, तेल, चिउरा लगायतका खाद्यान्न वडा स्तरमा वितरण कामको थालनी भइसकेको छ । साथै यस असहज परिस्थितिमा लक्षित वर्ग बाहेकका ब्यक्तिहरुले पनि राहत बुझ्नको लागि फारम भरेको देखिन आएको हुँदा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नाबुझिदिन र राहतको लागि फारम समेत नभरी दिन समेत आग्रह गरेका छन ।
नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारी पूर्वक कामहरु गर्दै आईरहेको छ ।बिषय बिज्ञ संग परामर्श लगायतको कार्य गर्दै आएको छ ।अवका दिनहरुमा पनि यस संक्रमणबाट बुढानिलकण्ठ नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न नगरपालिका कटिबद्ध रहेको छ । साथै नगरपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरिएको जानकारी गराउदै उक्त कोषमा इक्छुक ब्यक्ति दाताहरुले सहयोग गर्न सक्ने पनि बताए ।
कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाच गर्न ढिलासुस्ती हेलचक्रयाई नगरी सचेत नागरिक बन्नु पर्ने बेला आएको छ संकटको बेलामा सबैले एक अर्कोलाइ सहयोग गर्नुपर्ने पनि बताए उनले यस्तो विषम परिस्थितिमा निहित स्वार्थ भन्दा माथि उठेरमानव समुदायको हितमा काम गर्नु पर्ने पनि बताए ।