काठमाडौं- १५ स्वयम्भूस्थित भुइखेल चौरको क्वारेन्टाइनमा दैनिक २ सय जनालाई भोजन

काठमाडौं- १५ स्वयम्भूस्थित भुइखेल चौरको क्वारेन्टाइनमा दैनिक २ सय जनालाई भोजन

कपन अनलाइन

काठमाडौं ,चैत २९।

काठमाडौं महानगरपालिका वडा नं १५  स्वयम्भूस्थित भुइखेल चौरमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ।नेपाली सेना र नेपाल प्रहरीको संयुक्त पहलमा यहाँको स्वयम्भूस्थित भुइखेल चौरमा  क्वारेन्टाइन निर्माण गरिएको हो  ।

काठमाडौं महानगरपालिका प्रवक्ता एवम् १५ वडाध्यक्ष ईश्वरमान डंगोलले आजै देखि २०० जनाका लागि दैनिक भोजन तथा आवश्यक परेका विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको जानकारी दिएका छन।

उहाँले तत्कालै क्वारेन्टाइनमा राख्नै पर्ने अवस्थामा रहेका मानिस नरहे पनि भोलिका दिनमा आवश्यक पर्न सक्ने कुरालाई मध्यनजर गर्दै यो क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिएका थिए।

तपाइँको प्रतिक्रिया ।