काठमाडौं महानगरपालिकाका पशुपंक्षी र चराचुरुङ्गीका हेरचाहमा प्रमुख र उपप्रमुख सक्रिय

काठमाडौं महानगरपालिकाका पशुपंक्षी र चराचुरुङ्गीका हेरचाहमा प्रमुख र उपप्रमुख सक्रिय

कपन अनलाइन  

काठमाडौं ,चैत २९।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य  र उपप्रमुख हरीप्रभा खडगीले नगरवासी जनताको लागि राहत वितरण कार्यका संग संगै विभिन्न क्षेत्रमा रहेका पशुपंक्षी र चराचुरुङ्गीका लागि पनि आहारा व्यवस्थापनमा सक्रियता देखाएका छन।

नगर प्रमुख शाक्य र उपप्रमुख खड्गीले काठमाडौंको स्वयम्भु क्षेत्रमा रहेका बाँदर ,कुकुर चराचुरुङ्गीका लागि आहारा व्यवस्थापन तथा वितरणकाको पहल स्वरूप सो क्षेत्रमा अवलोकन गरिएको थियो।

त्यस्तै काठमाडौंको बौद्धनाथ र पशुपति क्षेत्रमा पनि भ्रमण गरि आहारा उपलव्ध गराउने योजनामा रहेका शाक्य संगै महानगरका प्रवक्ता ईश्वरमान डंगोल लगायतको सहभागिता रहेको थियो।

लकडाउनका कारण महानगरका विभिन्न जंगल तथा मन्दिर क्षेत्रमा रहेका जनावरहरुले खान नपाएको समस्यालाई समाधान गर्नका लागि पहल शुरु गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

नगरवासी संगै उनीहरुमा आश्रित पशुपंक्षीको हेरचाह गर्नुपर्ने महानगरको दायित्व रहेकोले यो अभियान अगाडी बढाएको महानगरले जनाएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।