स्वतन्त्र टोल सुधार समिति गोकर्णेश्वर ३ द्वारा मास्क तथा अत्यावश्यक औषधी नि:शुल्क वितरण

स्वतन्त्र टोल सुधार समिति गोकर्णेश्वर ३ द्वारा मास्क तथा अत्यावश्यक औषधी नि:शुल्क वितरण

कपन अनलाइन

काठमाडौं ,चैत्र २७ । स्वतन्त्र टोल सुधार समिति द्वारा गोकर्णेश्वर नगरपालिका  वडा नं ३ मा अत्यावश्यक औषधी तथा मास्क निशुल्क  वितरण गरिएको छ । स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष लायन जय राम बिष्ट, लायन रामेश्वर बिष्ट, हरिबोल बिष्ट लगायतले उक्त काममा सहयोगी भूमिका खेलेका थिए ।

 

विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण को जोखिम न्यूनीकरण तथा सो रोकठामको लागि नेपाल सरकारले चैत्र ११ गते बाट दुई हप्ताको लागि लकडाउन गर्दै आईरहेकोमा थप ८ दिनलाइ थपि बैशाख ३ गते सम्मलाइ लकडाउन गर्ने निर्णय गरेको छ।उक्त निर्णय बाट प्रभावितहरुलाई  आवश्यक हुने औषधी समेत  वितरण गरिएको थियो।  लकडाउनका कारब अस्पताल सम्म पुग्न नसकेकाहरुलाई घर घरमै पुगेर औषधि तथा मास्क वितरण गरिएको हो ।

अहिलेको स्थितिमा सरकारमा मात्र निर्भर नभई मेरो भूमिका कहाँ छ ? मैले के भूमिका निर्वाह गरिरहेको छु भन्नेमा जोड दिन स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम बिष्टले बताए  । उनले कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई पूर्ण रुपले पालना गर्न अनुरोध गर्दै कुनै पनि अफ्ट्यारो परेको अवस्थामा सहयोग गर्ने पनि बताए ।

कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाच गर्न ढिलासुस्ती हेलचक्रयाई नगरी सचेत नागरिक बन्नु पर्नेमा उनको जोड रहेको छ ।

तपाइँको प्रतिक्रिया ।