लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ संगको सहकार्यमा रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौँ, चैत्र २९। कोरोना भाईरसको प्रकोपले गर्दा ब्लड बैंकमा रगतको अभावलाई कम गर्न ब्लोदान ललितपुर, सोलुसन समाज, लगनखेल सहित बिभिन्न संघ सस्था तथा लायन्स डिस्ट्रिक्ट ३२५ए१ को सहकार्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।गोदावरी सरसफाई अभियन्ता बेबी राजभण्डारीको सकृयता तथा जनप्रतिनिधीहरुको सहयोगमा बस्नेत गॉउ, चापागॉउमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट ४१ पिन्ट रगत संकलन गरिएको थियो।
रक्तदाता कार्यक्रम आयोजनामा बिषेश भूमिका खेल्ने ललितपुर ब्लोदान अध्यक्ष साधुराम महर्जनले संकटको समयमा धैर्यता गुमाउनु हुँदैन भन्ने मान्यताको साथमा कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बखत अस्पतालहरुमा रगतको अभाव भएको समाचार ब्याप्त भएको र रगतको अभावमा कसैको उपचार रोकिनु हुन्न र कसैले जीवन गुमाउनु हुन्न भन्ने मान्यतालाई आत्मसात गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
उनले कोरोना भाइरस (कोभिड १९) का त्रास र प्रतिकुल मौसमको बिच सम्पन्न कार्यक्रममा सहभागि भई कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाको तर्फ बाट धन्यवाद ज्ञापन गरेका छन।
फोटो :लायन श्याम यादब