टोखा नगरपालिका वडा नं २ मा राहत वितरण
कपन अनलाइन
काठमाडौं ,चैत २८
टोखा नगरपालिका वडा नं २ मा आज बिहिबार देखि राहत वितरण गरिएको छ । सरकारले टोकेको मापडण्द अनुसार लगत संकलन तथा अनुगमन उप समितिको सिफारिस अनुसार २ वडा भरिका ५ सय २५ घरपरिवारलाई राहत वितरण गरिएको अध्यक्ष दिपक राज जोशीले जानकारी दिए ।
२ वडा भरिका ५ सय २५ घरपरिवार मध्ये आजमात्रै ३ सय ४२ घरपरिवारलाई राहत वितरण गरिएको र बाँकी भोलि वितरण गरिने वडा कार्यालयले जनाएको छ । अनुगमन उप समितिले संकलन गरेको लगत अनुसार १ देखि ३ जनासम्मको परिवार र ४ वा सोभन्दा माथि परिवार संख्या गरी दुई समूहमा विभाजन गरि राहत वितरण गरिएको छ । जस अनुसार ५ सय २५ घरपरिवार मध्ये १ वा १ देखि ३ जनासम्मको २ सय ८९ घरपरिवार र ४ वा सोभन्दा माथि २ सय ३६ घरपरिवार रहेका छन् ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि सरकारेले गत चैत्र ११ गते देखि देशभर लकडाउन घोषण गरेको छ । पहिलो चरण चैत्र ११ गते देखि १९ गते सम्म, दोस्रो चरण चैत्र २५ गते सम्म र अहिले तेस्रो चरण बैशाख ३ गतेसम्म लकडाउनको समय थप गरिएको छ । यस अवस्थामा टोखा न.पा २ भित्रका दैनिक ज्याला मजदुरी गरेर खाने, विपन्न परिवार एकल महिलालाई बढि संकटमा परेको अवस्थामा अत्यावश्यक दैनिक उपाभोग्य सामग्रीहरु वितरण गरिएको अध्यक्ष जोशीले बताए ।
वडा भरिका संकटमा परेका ५ सय २५ घरपरिवार मध्ये २ सय ८९ घर परिवार जसको १ वा १ देखि ३ जनासम्म परिवार संख्या छ सो परिवारलाई १५ केजी चामल, १ केजी दाल, १ प्याकेट नुनु, १ लि. खानेतेल, १ केजी चिनि र नुहाउने साबुन १ वटा उपलब्ध गराएको छ । त्यस्तै ४ वा सोभन्दा माथि रहेको २ सय ३६ परिवारलाई भने २५ केजी चामल, २ केजी दाल, २ प्याकेट नुनु, १ लि. खानेतेल, १ केजी चिनि र नुहाउने साबुन २ वटा उपलब्ध गराएको छ ।
लगत संकलन कार्य सकिएको भए पनि केही अझै फार्म भर्न र बुझाउन आउनेहरुको संख्या थपिरहेको र तिनिहरुलाई दोस्रो चरणमा राहत वितरण गरिने अध्यक्ष जोशीले बताएका छन ।