कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा बिपन्न राहत कार्ड वितरण बन्द

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा  बिपन्न राहत  कार्ड  वितरण बन्द

कपन अनलाइन

काठमाडौं चैत्र २७।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ ले सार्वजनिक सुचना मार्फत हाललाई बिपन्न राहत कार्ड वितरण कार्य बन्द गरिएको जानकारी गराएको छ। वडा अध्यक्ष जीवन थापा द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत विश्व ब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीले गर्दा दैनिक ज्यालादारी मजदुर गर्न तथा अति बिपन्न बर्गलाइ परेको समस्या मध्यनजर गरि टोल टोल ,घर घर, कोठा कोठामा टोलि बनाई राहत वितरण गर्ने क्रममा वडा कार्यलयको स्रोत र साधनले भ्याए सम्म वितरण गरिएको जानकारी गराएको छ।

साथै सो क्रममा कोहि छुट्नु भएकोमा क्षमा माग्दै वडालाई  संघिय सरकार र प्रदेश सरकार र स्थानिय सरकारले उपलब्ध गराएको स्रोत साधनले भ्याए सम्म वितरण गर्ने जानकारी गराउदै तत्कालको लागि बिपन्न राहत कार्ड बाढ्ने कार्य बन्द भएको जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।