चन्द्रागिरि नगरपालिका वडा नं ७ का ११ सय ४५ जनाले राहत प्राप्त गरे

चन्द्रागिरि नगरपालिका वडा नं ७ का ११ सय ४५ जनाले राहत प्राप्त गरे

कपन अनलाइन 

काठमाडौं ,चैत २७।

चन्द्रागिरि नगरपालिका वडा नं ७ ले वडाका विभिन्न स्थानमा राहत वितरण गरेको छ।लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने  बिपन्न परिवारलाई खाद्यान्न संकट नपरोस् भन्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका चैत्र १९ को कार्यपालिका वैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका ब्यक्तिहरूकाे ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज बितरण गर्ने  निर्णय भएको थियो।

चन्द्रागिरी नगरपालिका वडा नं ७ माह्देव स्थानमा ११४५ जनालाई जनप्रतिनिधि, समाजसेवी तथा स्वयमसेवीहरूको उपस्थितमा राहत बितरण गरिएको वडाध्यक्ष सम्भु के.सीले जानकारी दिएका छन।साथै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि उक्त राहत वितरणको अनुगमन गरेका थिए।फोटो सौजन्य :चन्द्रागिरी न्युज

तपाइँको प्रतिक्रिया ।