प्रकोप नियन्त्रण र रोकथाम प्रयासको अनुगमनमा काठमाडौं ४ (२) का प्रदेस सभा सदस्यहरु

प्रकोप नियन्त्रण र रोकथाम प्रयासको अनुगमनमा काठमाडौं ४ (२) का प्रदेस सभा सदस्यहरु

कपन अनलाइन

काठमाडौं ,चैत २७।

काठमाडौं क्षेत्र नं ४ प्रदेस सभा निर्वाचन क्षेत्रका विभिन्न वडाहरुमा विपद व्यवस्थापन ,प्रकोप  नियन्त्रण र राहत वितरणको अवस्थाका वारेमा अनुगमन गरिएको छ।

प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्यको संयोजकत्वमा समानुपातिक प्रदेस सभा सदस्य र रास्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि अनुगमन समिति रहने बागमती प्रदेस सरकारको निर्णय अनुसार सो क्षेत्रमा अनुगमन गरिएको हो।

 

प्रदेशसभा सदस्य कुसुमकुमार कार्की, बागमती प्रदेस  सार्वजनिक लेखा समितिका सभापति  न्हुच्छे नारायण श्रेष्ठ, नेकपा बूढानीलकण्ठका अध्यक्ष रविन अधिकारी नेपाली काङ्ग्रेस काठमाडौं ४(ख) का संयोजक विनोद चालिसे सहितको अनुगमन टोलीले  राहत वितरण कार्यको पूर्व  तयारी र प्रक्रिया बारे जानकारी लिएका थिए।

 

बूढानीलकण्ठ नगरपालिका ९,१०,११,१२ र १३  वडाका अध्यक्ष, सदस्यहरु र दलिय प्रतिनिधिहरु राहत वितरण, राहत कुपन वितरण  र उपलब्ध गराउने खाद्यान्नको बारेमा जानकारी गराएका थिए।

कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि स्थानीय तहले गरेका कार्यहरुको अनुगमन तथा आवस्यक सहयोग गर्नका लागि बनाइएको यस समितिका प्रतिनिधिहरुले वडा तहका समस्या र कामहरुका वारेमा जानकारी लिएका थिए।

वडा स्तरका राजनीतिक दलका प्रतिनिधि सहितको उपस्थितिमा भएको अनुगमनका क्रममा  वडाका जनप्रतिनिधिले  नगरपालिकाले ढुवानीको व्यवस्था गरेमा घर घरमा पुगेर राहत वितरण गर्न सक्ने जानकारी दिएको प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बताए।

त्यस्तै प्रदेस सभा सदस्य कार्कीले अनुगमनका क्रममा सचेतना तथा प्रकोप नियन्त्रणको काममा प्रत्यक्ष रुपमा सक्रिय रहेका जनप्रतिनिधिहरुलाई उचित सुरक्षा र जोखिम रोकथामको   व्यवस्था नगरपालिकाले गर्नुपर्ने देखिएको कार्कीले बताए।यस निर्वाचन क्षेत्रका वडा नं १,२ र ८ मा भोलि अनुगमन गरिने छ।

प्रकोप नियन्त्रण र रोकथामका लागि बागमती प्रदेस सरकारले प्रदेसका  ११९ वटै स्थानीय तहलाई सहयोग रकम पठाइसकेको छ।

 

तपाइँको प्रतिक्रिया ।