ओखलढुंगाका स्थानीय तहलाई कांग्रेस नेता रामहरी खतिवडाको PPE तथा माक्स सहयोग

ओखलढुंगाका स्थानीय तहलाई कांग्रेस नेता रामहरी खतिवडाको PPE तथा माक्स सहयोग

कपन अनलाइन

ओखलढुंगा,चैत २६  ।

नेपाली काँग्रेस ओखलढुंगाका नेताहरुले स्थानीय तह,सुरक्षा निकाय तथा सञ्चारकर्मीहरुलाई सर्जिकल माक्स तथा PPE  सहयोग  गरेका छन् ।नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामहरि खतिवडा र काँग्रेस सभापति प्रदिपकुमार सुनुवारको सक्रियतामा जिल्लामा १० हजार माक्स र २५ थान PPE सहयोग गरिएको हो।

१० हजार माक्समध्ये ओखलढुंगाका ८ स्थानीय तहमा १ हजारका दरले ८ हजार र सुरक्षा निकाय सञ्चारकर्मीहरुलाई वितरण गरिएको छ ।माक्स बोकेर जिल्ला सभापति सुनुवारहितको स्थानीय तहमा पुगेका खतिवडाले खिजीदेम्वा र मोलुङ गाउँपालिकामा हस्तान्तरण गरिसकिएको छ ।

यसैबीच ओखलढुंगाकोखिजिदेम्वा गाउँपालिकाले एक व्यक्ति एक माक्सको अभियान शुरु गर्दै पहिलो चरणमा १० हजार माक्स जुटाएर माक्स वितरणको तयारी गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर रोक्काले जानकारी दिएका छन।त्यस्तै खतिवडाले मोलुंग गाउँपालिकाका आगलागी पिडितलाई पनि सहयोग गरेका थिए।

तपाइँको प्रतिक्रिया ।