गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले आज बाट राहत वितरण गर्ने

गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले आज बाट राहत वितरण गर्ने

कपन अनलाइन

काठमाडौँ, चैत्र २५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले  आज बाट राहत वितरण गर्ने भएको छ।  वडाले आज बाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिकामा ९ मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ  राहत वितरण गर्न लागिएको  वडा अध्यक्ष राजिब थापाले कपन अनलाइनलाइ वताए ।

राहत वितरण  गर्दा  भिड भाड हुने र कोरोना संक्रमण फैलिने परिस्थिति आउन सक्ने जोखिमलाई ख्याल गर्दै नेपाल सरकारको निर्देशन अनुसार भिडभाड नहुने गरि सक्कली समस्यामा परेका व्यक्ति/परिवारहरुको पहिचान गरि घर-घर मा गई राहत बितरण  गर्न लागिएको पनि जानकारी गराए। उनले राहत वितरणको पहिलो चरणमा दैनिक मजदुरी गरि खाने अति भन्दा अति बिपन्न बर्गका पिडितहरुले मात्र पाउने जानकारी गराउदै  यस असहज परिस्थितिमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नबुझ्न पनि अनुरोध गरेका छन   ।

तपाइँको प्रतिक्रिया ।