काठमाडौं क्षेत्र नं ५ (२) मा प्रदेस सभा क्षेत्र स्तरीय समिति अनुगमन समिति गठन

काठमाडौं क्षेत्र नं ५ (२) मा प्रदेस सभा क्षेत्र स्तरीय समिति अनुगमन समिति गठन

कपन अनलाइन

काठमाडौं ,चैत २४।

काठमाडौं क्षेत्र नं ५ (२) मा प्रदेस सभा क्षेत्र स्तरीय कोरोना कोभिड १९ प्रकोप अनुगमन तथा सहजीकरण समिति गठन गरिएको छ। यस प्रदेसमा रहेका बुढानिलकण्ठ नगरपालिका वडा नं ३,४,५,,६ र ७ तथा टोखा नगरपालिकाका २,३ ,४,५,६,र ७ र काठमाडौं महानगरपालिका वडा नं ३  मा वडा स्तरीय मूल समिति तथा  खाद्यान्न वितरण ,स्वास्थ्य ,संचार र सुरक्षा  उपसमितिहरु निर्माण र परिचालन गरिए संगै निर्वाचन क्षेत्र स्तरीय अनुगमन तथा सहजीकरण समिति गठन हो।

काठमाडौं क्षेत्र नं ५ (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौलाको संयोजकत्वमा गठन भएको सो समितिमा प्रदेस सभा सदस्य भीमसेन खत्री , प्रदेस सभा सदस्य सिता लामा ,जिल्ला समन्वय समिति काठमाडौंकी सदस्य सावित्रा भट्टराई , बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल , यस क्षेत्रमा रहेका वडाका अध्यक्षहरु ,नेपाल कम्युनिस्ट पार्टीका नारायण भाइ श्रेष्ठ ,नेपाली कांग्रेसका दिपक खत्री ,विवेकशील दलका हरि श्रेष्ठ सहित सुरक्षा निकायका प्रतिनिधिहरु सदस्य रहेका छन।

 

बागमती प्रदेस सरकारको निर्णय अनुसार यस निर्वाचन क्षेत्रमा रहेका वडा तह सम्म विपद ब्यावस्थापन र प्रकोप नियनत्रणका लागि योजनावद्ध  तयारी गरेर कार्यन्वयन गर्ने क्रममा  अनुगमन  समिति गठन गरिएको प्रदेस सभा सदस्य निरौलाले बताए।

वडा स्तरमा त्यहाँको भूगोललाई विभिन्न ब्लकमा विभाजन गरेर वडा सदस्यको नेतृत्वमा राहत वितरण र आपतकालीन सेवाको कार्य भैरहेको जानकारी दिदै सांसद निरौलाले सबै समिति र उपसमितिमा सर्वदलीय प्रतिनिधित्व रहेको बताए।

तपाइँको प्रतिक्रिया ।