बुढानिलकण्ठ नगरपालिकालाई चुनिखेलका दुई युवा द्वारा १ हजार थान माक्स सहयोग

बुढानिलकण्ठ नगरपालिकालाई चुनिखेलका दुई युवा द्वारा १ हजार थान माक्स सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २४।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलका दुई युवाले  बूढानीलकण्ठ नगरपालिकालाई १ हजार थान माक्स सहयोग गरेका छन् ।  चुनिखेलका दिवाकर रेग्मी र सूर्य रेग्मीले सो सहयोग बुढानिलकण्ठ नगरपालिकालाई उपलव्ध गराएका हुन्।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई सो सहयोग हस्तान्तरण गर्दै उनीहरुले आफ्नो सामाजिक दायित्व पुरा गर्न र नगरपालिकाको प्रकोप नियन्त्रण अभियानलाई सहयोग गर्न आफुहरुले पहल गरेको बताएका थिए।

त्यस्तै सहयोग लिदै नगर प्रमुख खरेलले अहिलेको समयमा केवल सरकारको मुख ताकेर बस्ने र खाली गुनासो मात्र गर्ने भन्दा आफ्नो स्थान बाट रेग्मी दाजुभाई जस्तै सहयोग गर्नु पर्ने धारणा राखेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।