खिजिदेम्बा गाउँपालिकलाई रास्ट्रसेवक शम्भु बरालको १ हजार ४ सय मास्क सहयोग

खिजिदेम्बा गाउँपालिकलाई रास्ट्रसेवक शम्भु बरालको १ हजार ४ सय मास्क सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २४।

बुढानिलकण्ठ नगरपालिका निवासी राष्ट्र सेवक तथा पोकली झरना सेवा समाजका महासचिव शम्भु बरालले खिजिदेम्बा गाउँपालिकलाई १ हजार ४ सय मास्क सहयोग घरेका छन  गरेका छन् ।

उनले  गाउँपालिका अध्यक्ष वेदबहादुर रोकालाई मास्क हस्तान्तरण गर्दै बरालले आफ्नो सामाजिक दायित्व महसुस गरेर यो सहयोग गरेको बताए।

खिजिदेम्बा गाउँपालिकावासीको स्वास्थ्य तथा जिउ ज्यानको रक्षाका लागि बरालले मास्क दिएकोमा धन्यवाद दिदै  खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले गाउँ पालिकाले कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि विभिन्न कामगरिरहेको र बारालले जस्तै सबैले सहयोग गरे महामारीलाई परास्त गर्न सकिने बताए।

तपाइँको प्रतिक्रिया ।