शनिबार पनि गोकर्णेश्वर ४ मा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएकाहरुको लगत संकलन जारी

शनिबार पनि गोकर्णेश्वर ४ मा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएकाहरुको लगत संकलन जारी

कपन अनलाइन

काठमाडौं चैत्र २३। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  देशभर घोषणा गरिएको लकडाउनका कारण समस्यामा परेका कारण विपन्न परिवारलाई राहत वितरण गर्नको लागि लगत संकलन तथा व्यवस्थापनको कार्य शनिबार पनि जारी रह्यो ।  वडाका बिभिन्न स्थानमा वडा अध्यक्ष श्री कुमार श्रेष्ठ र  वडा सदस्यहरु सहित स्वयं सेवकहरु बाट संकलित  यकता तथ्यांकमा भएका ब्यक्ति पहिचान र बास्तबिक अति बिपन्न श्रमिकहरुको पहिचान गर्ने कार्य हिजो शनिबार सार्वजनिक बिदाको दिनमा पनि जारि रहेको  र  त्यो अन्तिम चरणमा पुगेको वडा  अध्यक्ष श्रीकुमार श्रेष्ठले कपन अनलाइन लाइ बताए । उनले संकटको घडीमा त्यस्ता ब्यक्तिहरुले चांडो भन्दा चाडो राहत प्राप्त गरुन भनेर सार्वजनिक बिदा को दिनमा पनि काम गरिएको बताए ।

वडाका बिभिन्न स्थानमा वडा सदस्यहरु जयराम महत उमा थापा बिष्णु सुनाम बालकृष्ण श्रेष्ठसहित स्वयं सेवकहरुले तथ्यांक संकलन गरि ल्याएका बिवरण हरु वडा कार्यलयमा वडा अध्यक्ष श्री कुमार श्रेष्ठ  सहित वडा सदस्यहरु सदस्यहरु जयराम महत उमा थापा बिष्णु सुनाम बालकृष्ण श्रेष्ठ तथा वडाका सचिब नवराज सेन सहितका कर्मचारीहरुले राहत वितरणको लागि तयार पारिएको बिवरण रुजु गर्ने काम गरेका हुन्। उनीहरुले वास्तविक श्रमिकहरु जो साच्चिकै पिडित छन उनीहरु नछुटुन भनेर वडा कार्यलय लागि परेको हो । गोकर्णेश्वर नगरपालिकामा ४  मा  बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि वडा सदस्यहरु सहित  स्वयं सेवकहरु द्वारा  संकलन गरिएको विवरणको आधारमा नगरपालिका बाट प्राप्त गर्ने राहत वितरण गरिने भएको छ साथै आजै सर्वदलीय बैठक पश्चात राहत वितरण हुन सक्ने  पनि वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।

तपाइँको प्रतिक्रिया ।