टोखा नगरपालिका वडा नं २ र ३ मा संक्रमण रोकथाम तथा राहत वितरणका लागि समिति गठन
कपन अनलाइन।
टोखा नगरपालिका वडा नं २ र ३ मा कोरोना संक्रमण रोकथाम तथा राहत वितरणका लागि मुख्य समिती र उपसमितिहरु निर्माण भएका छन।
बागमती प्रदेश सरकारको प्रत्येक प्रदेस सभा निर्वाचन क्षेत्रमा अनुगमन समिति निर्माण तथा विपद व्यवस्थापनमा सहयोग गर्ने निर्णय अनुसार सभा सदस्य दीपक निरौलाको उपस्थितिमा टोखा -२ का अध्यक्ष दिपकराज जोशी र टोखा-३ का अध्यक्ष सिहराज श्रेष्ठको संयुक्त अध्यक्षतामा बसेको बैंठकले दुबै वडाहरुमा कोरोना संक्रमण रोकथाम तथा राहत वितरणका लागि मुख्य समिती र उपसमितिहरु निर्माण गर्ने निर्णय गरेका हुन् ।
बैठकमा प्रदेश सभा दीपक निरौला,टोखा -२ का अध्यक्ष दिपक राज जोशी, टोखा-३ का अध्यक्ष सिंहराज श्रेष्ठ सहित सो बैठकमा टोखा -२ का वडा सदस्यहरु पन्च कुमारी श्रेष्ठले ,प्रेम कृष्ण खड्गी,प्रतिमा हिङ्गमाङ्ग ,हिराकाजी श्रेष्ठ , त्यसै टोखा -३ का वडा सदस्यहरु सृजना आचार्य ,राममाया नेपाली,हरिमान श्रेष्ठ ,मुकुन्द राज कुवर ,टोखा-२ का नेमकिपा प्रतिनिधि शोभालाल श्रेष्ठले ,टोखा-२ का नेपालेव काङ्ग्रेस प्रतिनिधि काइला डङ्गोल , टोखा-२ का नेकपा प्रतिनिधि देवराज डङ्गोल,ढ्क व्यवस्थापन उपाध्यक्ष युथ महर्जन , युवा समाजसेवीहरु गङ्गालाल महर्जन ,दिपु बस्नेत, आयुष श्रेष्ठ सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
दुबै वडाको मुख्य समितिका संयोजकमा वडा अध्यक्ष र सदस्यहरुमा प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु १/१ जना र सबै सुरक्षा निकायका प्रतिनिधिहरु १/१ जना रहेका छन ।
साथै सो बैठकले सबै उपसमितिहरु र भौगोलिक जिम्मेवारीको संयोजन वडा सदस्यहरु गर्ने र ति उपसमितिको सदस्यमा राजनैतिक दलका प्रतिनिधिहरु २/२ जना ,सुरक्षा निकाय,सामाजिक संस्था र युवा क्लबका प्रतिनिधि हरु रहने निर्णय गरिएको छ ।
टोखा नगरपालिका वडा न.२ का उपसमितिहरु:
क)सुरक्षा उपसमिती
संयोजक-हिराकाजी श्रेष्ठ
ख)खाद्यान्न उपसमिती
संयोजक-पन्च कुमारी श्रेष्ठ
ग)स्वास्थ्य उपसमिती
संयोजक-प्रेम कृष्ण खडगी
घ)सुचना उपसमिति
संयोजक -प्रतिमा हिङ्गमाङ्ग
भौगोलिक जिम्मेवारी:
१)पन्च कुमारी श्रेष्ठ -पश्चिम टोखा
२)प्रतिमा हिङ्गमाङ्ग -पुर्व टोखा
३)हिराकाजी श्रेष्ठले -उत्तर टोखा
४)प्रेम कृष्ण खडगी-दक्षिण टोखा
टोखा नगरपालिका वडा न.३ का उपसमितिहरु:
क) सुरक्षा उपसमिती
संयोजक-मुकिन्द राज कुवर
ख)खाद्यान्न उपसमिती
संयोजक-सृजना आचार्य
ग)सुचना उपसमिती
संयोजक-हरिमान श्रेष्ठ
घ)स्वास्थ उपसमिती
संयोजक -राममाया नेपाली
भौगोलिक जिम्मेवारी:-
१)सृजना आचार्य -स्टार टाउन
२)राममाया नेपाली-सुदर्शन हाइट,बानियटार
३)हरिमान श्रेष्ठ -टोखा बजार,झुडोल,गोहिटी,साइबाबा चोक
४)मुकुन्द राज कुवर- धनेश्वर
