काठमाडौं महानगरपालिका वडा नं ९ का विभिन्न क्षेत्रमा राहत वितरण
कपन अनलाइन
काठमाडौं ,चैत २२।
काठमाडौं महानगरपालिका वडा नं ९ ले वडाका विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ। वडा नं ९ का वडा कार्यालय ,नमुना बस्ति सिनामंगल ,पुरानो बानेश्वर,ओम साइ पार्टी प्यालेस लगायतका क्षेत्रमा राहत वितरण गरिएको थियो।
वडाभित्र रहेका विपन्न तथा दैनिक ज्यालादारी वडावासीहरुको तथ्यांक संकलन गरे पश्चात राहत वितरणको कामलाई अगाडी बढाईएको वडाले जानकारी दिएको छ।
वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठको नेतृत्वमा वडा सदस्यहरु श्रीराम राई,टेकराज अधिकारी ,सिर्जना भेटवाल ,रचना सुनाम ,काठमाडौं महानगरपालिकाका निर्देशक महेश काफ्ले , वडा सचिव अम्बिका खड्का ,नायव सुब्बा शिवहरी पुडासैनी ,रिता थापा र सुनिता श्रेष्ठको टोलीलाई राहत वितरणमा स्थानीय राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिले साथ् दिएका थिए।
त्यस्तै वडा नं ९ ले वडाका विभिन्न स्थानमा किटनाशक औसधि छर्कने कामलाई जारि राखेको छ भने आपतकालीन अवस्थाका लागि सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ।त्यस्तै क्वारेन्टाइन निर्माण स्थल तयार गरेको वडाले विदेस यात्रा बाट फर्केका वडावासीको स्वास्थ्य परिक्षण पनि गर्दै आएको छ।
तपाइँको प्रतिक्रिया ।