मावन अधिकार तथा शान्ति समाजको आकस्मिक रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं चैत्र २२। मानव अधिकार तथा शान्ति समाजको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको सौजन्यमा आज आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीले प्राबिधिक सहयोग तथा असहाय गाईबाछा संरक्षण समितिको व्यवस्थापनमा गुह्हेश्वरी वाग्मती किनारमा अवस्थित खुला चौर (असहाय बाच्छाबाच्छी संरक्षण स्थलमा )भएको सो रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताहरुले रक्तदान गरेको आयोजक संस्थाका उत्तम पुडासैनीले कपन अनलाइनलाइ बताए।
उनले संकटको समयमा धैर्यता गुमाउनु हुँदैन भन्ने मान्यताको साथमा कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बखत अस्पतालहरुमा रगतको अभाव भएको समाचार ब्याप्त भएको र रगतको अभावमा कसैको उपचार रोकिनु हुन्न र कसैले जीनब गुमाउनु हुन्न भन्ने मान्यतालाई आत्मसात गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । रक्तदान कार्यक्रममा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्दै छोटो सुचनालाई आधार मान्दै यत्तिका धेरै संख्यामा रक्तदानका लागि सहभागि हुनुहुने सबैमा धन्यवाद ब्यक्त गरेको छन । कार्यक्रममा रक्तदान गर्न इक्छुक ५० जना भन्दा बढीको स्वास्थ्य लगायतको विविध समस्याका कारण रक्तदान गर्न नसकेको पनि बताए ।
स्वास्थ्य सम्बन्धि सुरक्षा संयन्त्र अपनाउँदै गरिएको रक्तदान कार्यक्रममा हौसला प्रदान गर्न गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख रकृष्णहरी थापा थापा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौं महानगरालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष नारायण सुबेदी, वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाईं लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
संकटको समयमा रगतदान गर्नेहरु निम्न रहेका छन् ।
१. गोकर्णमणी पुडासैनी
२. हरिभक्त पुडासैनी
३. परशुराम पुडासैनी
४. आत्माराम पुडासैनी
५. राजेन्द्र खनाल
६. बिनोद पुडासैनी
७. रबि मानन्धर
८. गणेश हुमागाईं
९. प्रकाश पुडासैनी
१०. नरेश पुडासैनी
११. रामशरण भारती
१२. राकेश बोहोरा
१३. ज्योती पुडासैनी
१४. धनलाल कँडेल
१५. कुमार पुडासैनी
१६. पुष्कर पुडासैनी
१७. बद्री पुडासैनी
१८. बाबुराम बस्नेत
१९. नारायण बहादुर सुबेदी
२०. दिपक पुडासैनी
२१. विबेक पुडासैनी
२२. प्रणव पुडासैनी
२३. रितेश पौडेल
२४. बिजय लामा
२५. असितमान श्रेष्ठ
२६. रामहरी सापकोटा
२७. अजिप लामा
२८. सोनाम तामाङ्ग
२९. सन्ध्या पुडासैनी
३०. मनिष पुडासैनी
३१. साहिल पुडासैनी
३२. ईमान लामा
३३. सिर्ता घलान
३४. दुर्गा राना पुडासैनी
३५. श्रीकृष्ण राज पुडासैनी
३६. सरु पुडासैनी
३७. सोमन पुडासैनी
३८. सुरज लामा
३९. कृष्णप्रसाद फुयाल
४०. रुपेश पुडासैनी
४१. नारायण पुडासैनी
४२. रोज बिष्ट
४३. रामचन्द्र दंगाल
४४. संजिव कार्की