सांसद गगन कुमार थापा र बुढानिलकण्ठ प्रमुख उद्दव खरेल विच विपद व्यवस्थापन वारे छलफल
कपन अनलाइन
काठमाडौं ,चैत २२।
काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल विच विपद व्यवस्थापन तथा राहत वितरण लगायत प्रकोप नियनत्रणका विषयमा छलफल भएको छ।
बुढानिलकण्ठ नगरपालिकामा विभिन्न वडाका अध्यक्ष सहितको छलफलमा नगरपालिकामा सचेतना ,राहत विवरण संकलन तथा वितरण लगायतका विषयमा छलफल गरिएको थियो ।
त्यस्तै सो अवसरमा प्रतिनिधि सभा सदस्य थापाले बुढानिलकण्ठ नगरपालिकाको प्रचार डेस्क मार्फत नगरवासीवासीलाई सचेतना अपनाउन अपिल गर्दै बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा आफ्नो आधा महिनाको तलव जम्मा गर्ने घोषणा गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।