गोकर्णेश्वर २ मा ज्यालादारी गर्ने श्रमिक तथा बिपन्नहरुलाई राहतको लागि नाम टिपाउन वडा अध्यक्ष कृष्ण बहादुर पण्डित (क्षत्री)को अनुरोध
कपन अनलाइन
काठमाडौं चैत्र २० ।गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित(क्षेत्री)ले दैनिक ज्यालादारी गर्ने श्रमिक बिपन्न बर्गलाई नगरपालिकाको तर्फ बाट वितरण गर्न लागिएको राहतको लागि नाम टिपाउन अनुरोध गरेका छन् ।
उनले कोरोना भाइरसको संक्रमण को कारण अहिले देश लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका श्रमिक वर्गहरुलाई गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट राहत वितरण गर्न समबन्धमा वडा समन्वय समितिको निर्णय अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं २ भित्र रहेका दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका श्रमिक हरुको स्वयं सेवक पठाई बिवरण संकलन गर्न लागिएको बताए ।उनले राहत वितरण सर्वदलीय समितिका सदस्य प्रेम प्रसाद श्रेष्ठ ९८४१४६६६३३
कृष्णहरि श्रेष्ठ वडा सदस्य :९८४१३१४६८४
माया लामा ९८४१३६०८५४
सरस्वती सुनार ९८४१५५९७५७
श्याम शुन्दर पण्डित ९८४१२६९९३१
सुनिल गिरि ९८४१९५५१६९
नबिन पण्डित ९६६०४६६६६९
अनिल तामांङ
रञ्जन देबी श्रेष्ठ ९८४३०४६७८०
सदस्य सचिब मन बहादुर तामाङ लामा ९८६०८६१७६
साथै उनले कुनै थप जानकारी चाहिएमा ९८५१०३१६६३ सम्पर्क गर्न अनुरोध गर्दै वडामा बिवरण संकलन गर्न आउने लाइ बास्तविक बिवरण टिपाई सहयोग गर्न पनि अनुरोध गरेका छन् । उनले आज पनि वडा मा नगर प्रमुखको उपस्थितिमा वडा अध्यक्ष संग समन्वयनै नगरी राहत वितरण गरिएको मा रुष्ट हुदै उनले अब आइन्दा कुनै पनि संघ सस्थाले राहत वितरण गर्न चाहेको खण्डमा वडा संग समन्वय गरेर मात्र राहत वितरण गर्न अनुरोध गरेका छन् ।