काठमाडौं महानगरपालिका वडा नं ८ मा राहत वितरण
कपन अनलाइन
काठमाडौं ,चैत १९।
काठमाडौं महानगरपालिका वडा नं ८ का विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत वितरण गरिएको छ। वडा नं ८ का अध्यक्ष दिनेस डंगोल ,वडा सदस्यहरु बिबेक संगत ,इन्दिरा रिमाल तथा शेखर देउलाको उपस्थितिमा स्थानीय युवाहरुको सहयोगमा राहत वितरण गरिएको थियो ।
उक्त अवसरमा करिव १०० व्यक्तिलाई एक साता सम्म पुग्नेगरी चामल ,दाल ,तेल र नुन वितरण गरिएको थियो । साथै वडाले कोहि पनि भोकै बस्न नपरोस भन्दै कोहि विपन्न परिवार भए सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।