काठमाडौं महानगरपालिका वडा नं १४ मा लगत संकलन तथा राहत वितरण समिति गठन
कपन अनलाइन
काठमाडौं ,चैत १९।
काठमाडौं महानगरपालिका वडा नं १४ मा कोरोना कोभिड १९ भाइरसको महामारी रोकथाम र राहत वितरण समन्वयका लागि ३१ सदस्य लगत संकलन तथा राहत वितरण समिति गठन गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नं १४ की अध्यक्ष शोभा सापकोटाको संयोजकत्वमा गठन भएको सो समितिले वडामा रहेका राहत प्राप्त गर्नेहरुको तथ्यांक संकलन तथा राहत वितरणको काम गर्नेछ ।
नेपाली सेनाका कर्नेल इन्द्र थापा ,नेपाल प्रहरीका दि एस पी रुकुम कुँवर सहित वडा सदस्यहरुको उपस्थितिमा भएको बैठकले वडामा संक्रमण रोकथाम र जनहितका कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो।
त्यस्तै उक्त वडाका प्रतिनिधिहरुले उद्योग ,बाणिज्य तथा आपूर्ति राज्यमंत्री माेती दुगडलाई भेटी राहत बितरण तथा एकद्वार नीति सबन्धमा छलफल गरेको थियो भने भुबनेश्वरी मंन्दिरमा उपलब्ध समितिका सदस्यहरुबीच अति बिपन्न,असहाय र दैनिक ज्यालादारिमा काम गर्ने ब्यक्तीहरु काे लगत संकलन तथा राहत बितरणका वारेमा छलफल भएको थियो।