विषम परिस्थितिमा हुन सक्ने हिंसा प्रती गजुरी उपप्रमुखको चासो
कपन अनलाइन
धादिंग ,चैत १८।
गजुरी गाउँपालिका धादिंगको न्यायिक समितिले एक परिपत्र जारी गर्दै लकडाउनको अवस्थामा हुन सक्ने सबै खाले हिंसाका घटना बढ्ने सम्भावना रोक्न पहल शुरु गरेको छ।।
गजुरी गाउँपालिकाकी उप प्रमुख तथा न्यायिक समिति प्रमुख सिता ढुंगानाले एक परिपत्र जारि गदै यस्ता घटना रोकथाम र नियन्त्रका लागि सम्पूर्ण न्यायिक समिति सदस्य तथा वडा अध्यक्षहरुलाई यस तर्फ सचेत हुन निर्देशन दिइएको छ।
त्यस्तै यस महामारीको विषम परिस्थितिमा एकल महिला ,बालबालिका अपांगता भएका व्यक्तिहरुको दैनिक जीवनयापनलाई सहज बनाउन र कुनै पनि किसिमका हिंसाका घटना भएमा उद्दार तथा पुनस्थापनाको तयारी पनि गरिएको उपप्रमुख ढुंगानाले जारि गरेको निर्देशनमा उल्लेख गरिएको छ।
गाउँपालिकाको निर्देशन :
तपाइँको प्रतिक्रिया ।