जन्मदिनमा साहित्यकार कृष्ण सुवेदी (भारद्वाज मित्र) द्वारा दुई नगरपालिकाका राहत कोषमा सहयोग

जन्मदिनमा साहित्यकार कृष्ण सुवेदी (भारद्वाज मित्र) द्वारा दुई नगरपालिकाका राहत कोषमा सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत १८।

सामाजसेवी तथा साहित्यकार कृष्ण सुवेदी (भारद्वाज मित्र) ले आफ्नो जन्मदिनको अवसरमा बुढानिलकण्ठ र मेलम्ची नगरपालिकाले स्थापना गर्ने राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन।

सुवेदीले आफ्नो जन्मदिनको अवसरमा काेराेना संक्रमणले विश्व आक्रान्त बनेका वेला सबै नागरिकले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बातुदै एक सन्देस मार्फत सहयोग घोषणा गरेका हुन् ।

सुवेदीको सन्देस : 

काेराेनाले संसार आक्रान्त  छ । हाम्राे हिमाली मुलुक नेपालमा प्राकृतिक जीवनशैली, सादा खानपान र श्रममुखी जीवनकाे अाधिक्यताले गर्दा याे महामारीले धेरै गाँज्न सकेकाे छैन । तथापि यस महामारीका बिरुद्ध नेपाल सरकारले उच्च सतर्कता र समाधानकाे सत्प्रयास आरम्भ  गरेकाे छ । यसकाे सर्वत्र प्रशंसा भएकाे छ ।

प्रादेशिक र स्थानीय सरकारहरूले पनि जनसराेकारका र मानवीय कार्यहरू आराम  गरेका छन् । राज्यको यस मानवीय कदममा सहयाेग पुर्‍याउनु सबै नागरिककाे दायित्व हाे ।

आज मेराे जन्मदिन परेछ । लामाे समयदेखि आफ्नो  जन्मदिनलाई विशेष ढङ्गले मनाउने गरिआएको हाे । यस पटक विषम परिस्थितिमा यही काेरानाकाे सन्दर्भलाई समातेर मनाउने साेच मित्र प्रतिष्ठानले गरेकाे छ ।

मेराे जन्मनगर मेलम्ची र कर्मनगर बुढानिलकण्ठ हाे । हाम्राे नगरमा काेराेनाका कारणले घरवासमा रहनु परेका गरीब, असहाय र अभरमा परेका श्रमिक हरूका लागि कुनै इमर्जेन्सी फण्ड या फुड बैंक सुरूवात गर्न प्रेरणा गर्न चाहन्छु ।

यस सन्दर्भमा बुढानिलकण्ठका मेयर  उद्धव खरेल तथा मेलम्चीका उपमेयर भगवती नेपालसँग परामर्श भएकाे छ । जुनसुकै नामबाट हाेस् यस्ता मानवीय कर्महरू सम्पन्न हाेउन् ।

हाम्रा नगरमा काेराेनाका कारणले घरवासमा रहनु परेका गरीब, असहाय र अभरमा परेका श्रमिक हरूका लागि परिचालित हुने अापतकालीन काेषमा नगरवासीहरूले सहयाेग र सहकार्यकाे हात बढाउने छन् भन्ने विश्वासका साथ हार्दिक अपील गर्दछु ।

हाम्रा नगरहरूलाई आफ्ना  नगरका अप्ठ्यारो अवस्थामा रहेका नगरवासीहरूकाे सहज जीवनका लागि कृयाशील हुन सफलता मिलाेस् भन्ने शुभकामना दिन चाहन्छु ।

मेरा नाममा हालै स्थापित मित्र प्रतिष्ठानका तर्फबाट उक्त दुवै नगरका काेषमा पाँच हजारका दरले सहयाेग अर्पण गर्ने निर्णय गरेकाे छ । याे रकम अत्यन्तै सानाे रकम हाे तथापि याे नागरिक र राज्यकाे सहकार्यकाे साङ्केतिक नमूना कार्यकाे प्रारम्भ बिन्दु बन्न सकाेस् भन्ने सदाशय ब्यक्त गर्दछु । “भवतु सब्ब मङ्गलम्”

कृष्ण सुवेदी (भारद्वाज मित्र)
(संयाेजक,मित्र प्रतिष्ठान, नेपाल)

 

तपाइँको प्रतिक्रिया ।